Tribhuwan University
en np

राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको अत्यन्त जरुरी सूचना ।

राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको अत्यन्त जरुरी सूचना ।

त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुनेः शिर्षक अन्तर्गत (१) शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिई वा नलिई राजनैतिक निर्वाचनमा उम्मेदवार बन्नुहुँदैन, (२) कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनैतिक निर्वाचनमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नुभन्दा १५ दिन पूर्व नै विश्वविद्यालय सेवाबाट राजिनामा गर्नु पर्नेछ भन्ने व्यवस्थाको बारेमा बोध हुँदा हुँदै विश्वविद्यालयमा कार्यरत केहि शिक्षक कर्मचारीहरु विगत केहि समय देखि विभिन्न राजनीतिक दलहरुको महाधिवेशनमा राजनीतिक दलको विधान बमोजिम विभिन्न पदमा निर्वाचनका लागि उम्मेदवारको रुपमा खडा हुने, महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिएको भनि विभिन्न पत्र पत्रिकाहरु र सामाजिक सञ्जालमा समेत समाचार प्रकाशित भएको प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएकोले यो सूचना प्रकाशित गरिएको छ ।
अतः विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरु प्रचलित कानून अनुसार राष्ट्रसेवकको परिभाषा भित्र पर्ने भएकोले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दल सम्बन्धी ऐनको विपरित हुने भएकोेले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुनु हुन सूचित गरिन्छ । अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रि.वि. नियम अनुसार विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

Files

SN Title Publish Date Total Views View Item Download
1 राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको अत्यन्त जरुरी सूचना । 2021-12-24 58 View item