Tribhuwan University
en np

त्रिवि र नीति अनुसधान प्रतिष्ठानविच समझदारी पत्रमा हस्ताक्षर

त्रिभुवन विश्वविद्यालय र नीति अनुसन्धान प्रतिष्ठानबिच सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने,सार्वजनिक नीतिमा प्राज्ञिक संवाद गर्ने र सार्वजनीक नीतिमा सान्दर्भिक अनुन्धान गर्ने लगायतका विषयहरु उल्लेखित समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटा,रजिष्ट्रार प्रा.डा पेशल दाहाल,अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.खडग के.सी लगायतको उपस्थितिमा शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाल र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा.विष्णुराज उप्रेतीले हस्ताक्षर गर्नुभएको हो । 
समझदारीपत्रमा दुई निकायहरुविच आपसी सहकार्यमा सार्वजनिक नीति,विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने,सार्वजनीक नीतिका सन्र्दभमा तालिम,गोष्ठी लगायतका अनुसन्धान क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, बैज्ञानिक सभा सम्मेलन आयोजना गर्ने, संयुक्तरुपमा अनुसन्धान प्रसार र प्रकाशन गर्ने,अनुसन्धान सूचना,तथ्याङ,सामग्री,पुस्तकालय,बौद्धिक सम्पत्तिको परस्पर आदानप्रदान  गर्ने उल्लेख गरिएको छ । सहकार्यमा आवश्यकता अनुसार विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभाग,अनुसन्धान केन्द्र,आंगिक क्याम्पस र स्कूलसँग समेत सहकार्य गर्ने जनाइएको छ ।