Tribhuwan University
en np

बजेट व्यवस्थापन अन्तरक्रिया गोष्ठी सम्पन्न 

 

त्रिभुवन विश्वविद्यालय(त्रिवि)आर्थिक प्रशासन महाशाखाले आर्थिक बर्ष २०७८।०७९ को बजेटलाई प्रभावकारी र अनुशासित बनाई अनलाइन माध्यामवाट बजेटको कार्यान्वयन गर्ने उद्देश्यले २०७७।१२।१७ मा बजेट व्यवस्थापन अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ । 
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले सार्वजनिक संस्थामा आर्थिक अनुसशान र पारदर्शितालाई अभिवृद्धी गरी प्रशासनिक समन्वय र सूचना प्रणालीमा सुदृढिकरण गर्दै विश्वविद्यालयका सम्पूर्ण निकायहरु सवल र सक्षम बनाउने र बेरुजुु फस्र्यौटलाई अभियानको रुपमा अघि वढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । आर्थिक स्रोतहरुको पहिचान गरी प्राज्ञिक उन्नयन र अनुसन्धानका कार्यक्रमहरुलाई प्राथमिकता दिन आफू प्रयत्नशिल रहेको साथै विश्वविद्यालयको पेन्सनमा समस्या समाधानका लागी नेपाल सरकारसँग निरन्तर पहल भइरहेको समेत जानकारी  गराउनुभएको थियो । विश्वविद्यालयको समग्र व्यवस्थापनको पक्ष कमजोर रहेको धारणा व्यक्त गर्नुहुँदै उहाँले मानवस्रोत व्यवस्थापनमा जोड दिनुपर्ने र भएका कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गरी जिम्मेवारी दिनुपर्नेमा उल्लेख गर्नुभएको थियो । विश्वविद्यालयको समग्र अभिलेख प्रणालीलाई मजबुत बनाउनुपर्ने र पदाधिकारी,शिक्षक र कर्मचारी सबै पक्षलाई आफ्नो दायित्व बहन गर्न आग्रह गर्नुभएको थियो । 
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले आर्थिक प्रशासन महाशाखाले अनलाइन बजेट मार्फत प्रविधिमैत्री प्रशासनको औचित्य पुष्टि गरेको बताउदै बजेट मार्फत निति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयन गर्न सम्वद्ध पक्षलाई अनुरोध गर्नुभयो । त्रिविले बेरुजुफस्र्यौटमा उपलब्धी हासिल गरिरहेको बताउदै विश्वविद्यायका सम्पूर्ण गतिविधीहरुलाई प्रविधीमार्फत कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले विश्वविद्यालयको बजेट विश्वसनिय,अनुशासित र प्रभावकारी बनाउन सम्बन्धित सवै पक्षको धारण समेटनका लागी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले विश्वविद्यालको बजेटको ठूलो हिस्सा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुभएकोकोले आन्तरिक स्रोतलाई नलुकाउन र विना बजेट वा स्वीकृत खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सवै निकायहरुलाई अनुुरोध गर्नुभएको थियो । सरकारले अनुसन्धानका लागी बजेट उपलब्ध नगराएको उल्लेख गर्दै आन्तरिक स्रोतबाट प्राप्त रकमको केहि प्रतिशत अनुसन्धानमा छुट्याएर विश्वविद्यालयमा अनुसन्धानको कार्यलाई अघि वढाउनुपर्ने अवस्था रहेको समेत जानकारी गराउँनुभयो ।
योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा ऋदिश कुमार पोखरेलले विश्वविद्यालयको बजेटलाई यथार्थपरक बनाउनुपर्ने चुुनौती रहेको जानकारी गराउनुभयो । सम्वन्धन प्राप्त कलेजहरुले तिनुपर्ने सम्वन्धन शुल्क,सेवा शुल्क र नविकरण शुल्क उठाउने विषयमा स्पष्ट निति नरहेको कारण नियमित रुपमा शुल्क उठाउन कठिनाई भइरहेको भन्दै उहाँले क्याम्पसहरुले शुल्क कुन निकायलाई बुझाउने भन्ने नितिगत स्पष्टता समेत नभएको बताउनुुभयो । 
अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शिबराज अधिकारीले बजेटलाई व्यवस्थित गर्न सम्पूूर्ण निकायहरुलाई बजेट निर्माणा सवल र सक्षम बनाउदै जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले विश्वविद्यालयका ऐन,नियम र कार्यविधिहरुमा समेत सुधार गर्दै प्राविधिक व्यवस्थापनको पक्षलाई प्राथमिकतामा राख्दै अघि वढनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
आर्थिक प्रशासन महाशाखा प्रमुख कुमार प्रसाद हुमागाईले स्वागत मन्तव्य व्यक्त गर्नुहँुदै विश्वविद्यालयको समग्र  आर्थिक व्यवस्थापनलाई पारदर्शि र व्यवस्थित बनाउन अनलाईन मार्फत बजेट निर्माण गर्ने प्रक्रियाको आरम्भ गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण  निकायहरुले आन्तरिक स्रोत समेतलाई अनिवार्य उल्लेख गर्न आग्रह गर्नुभएको थियो । 
अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ख अध्ययन संस्थाका डीन प्रा.डा शशिधर राम जोशी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्याल, बन विज्ञान अध्ययन संस्थानका डीन,प्रा.डा विर बहादुर खनाल (क्षेत्री), कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गव धिताल,व्यवस्थापन संकायका डीन प्रा.डा डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा कुशुम शाक्य, शिक्षाशास्त्र संकायका डीन प्रा.डा चित्रबहादुर वुढाथोकी,कानुन संकायका डीन प्रा.डा विजयसिंह सिजापति,परिक्षा नियन्त्रण पुष्पराज जोशी लगायतले आ—आफनो धारणा व्यक्त गर्नुभएको थियो ।