Tribhuwan University
en np

त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पस तथा विभागहरुलाई गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदान

विश्वविद्यालय अनुदान अयोगबाट त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, पश्चिमाञ्चल क्याम्पस पोखरा र सम्वन्धन प्राप्त क्याम्पसहरु गुप्तेश्वर महादेश बहुमुखी क्याम्पस पोखरा र वालिङ बहुमुखी क्याम्पस स्याङ्जाले संयुुक्त रुपमा गुणस्तर प्रत्यायन प्रमाणपत्र प्राप्त गरेका छन ।

विश्वविद्यालय अनुदान आयोगको कार्यलय भक्तपुरमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा भिमप्रसाद सुवेदीले उच्चशिक्षाको विश्वपरिवेशमा नेपालको उपस्थित कमजोर रहेको उल्लेख गर्दै उच्चशिक्षाको भर्नादर बढाउन सम्वन्धित सम्पूर्ण पक्षहरु क्रियाशिल रहनुपर्ने बताउनु भयो । गण्डकी प्रदेशका ३ वटा शैक्षिक संस्थाहरुले गुणस्तर प्रत्यायनकृत भएको प्रशंग उल्लेख गर्दै उच्चशिक्षामा गण्डकी प्रदेशको सहभागिता अन्य प्रदेशभन्दा बढि रहेको जानकारी दिनुभएको थियो । उच्चशिक्षामा प्राविधिक विषयहरु आकर्षण बढाउनुपर्ने र मुलुक एवम् समुदाय उपयोगी शिक्षामा वढावा दिदै महिलाहरुलाई उच्चशिक्षामा थप आकर्षित गर्नुपर्ने धारणा राख्नुएको थियो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान अयोगका सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुहुँदै शैक्षिक संस्थाहरु निर्माण गरेर छोडिदिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । गुणस्तर प्रत्यायनकृतका सम्पूर्ण निर्धारण पक्षहरुलाई आत्मसाथ गरि दिगो कार्यान्वयन गरी संस्थालाई मजवुत बनाउन समेत शैक्षिक नेतृत्वहरुलाई सुझाव दिनुभएको थियो । गण्डकी प्रदेश सभाका सदस्य मोहन प्रसाद रेग्मीले गण्डकी प्रदेशले उच्चशिक्षाका प्राथमिकता दिदै सम्पूर्ण उच्चशिक्षाका संस्थाहरुलाई शैक्षिक गुणस्तर कायम गर्न उत्प्रेरित गर्ने बताउनुुभयो । यसैगरी आदिवासी जनजाती अयोगका सदस्य रिना रानाले सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधारको पक्ष कमजोर हुुँदा गुुणस्तर प्रत्याययन प्राप्त गर्न कठिनाई भइरहेको भन्दै आंगिक क्याम्पसहरु सँगै सामुदायिक क्याम्पसहरुलाई पनि गुणस्तरको दायरामा ल्याउन विश्वविद्यालय अनुदान आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा शशीधर राम जोशीले इन्जिनियरिङ्ग अध्ययन संस्थानका २ वटा आंगिक क्याम्पसले गुणस्तर प्रत्याययन प्राप्त गरिसकेका र अन्य ४ वटा क्याम्पसहरुपनि गुणस्तर प्रत्यायनको प्रक्रियामा रहेको उल्लेख गर्दै प्रमाणपत्रका लागी नभई गुणस्तरको प्रत्याभूती दिलाउन संस्थाले रणनीतिक योजना कार्यान्वयन गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले गुणस्तर प्रत्यायनको प्रमाणपत्र सँगै भौतिक,शैक्षिक एवम् व्यवस्थापकिय सुधारका विभिन्न पक्षहरुलाई कार्यान्वयन गर्दै लैजाने र विभागको प्रभावकारीता अभिवृद्धि गरी अध्यापन र अनुसन्धानमा गुणात्मक परिवर्तन ल्याउन आफुहरु प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा पश्चिामाञ्चल क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद पौडेल,गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा टंकराज अधिकारी, वालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सचितानन्द यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।