Tribhuwan University
en np

त्रिविलाई विद्युतिय उपकरण हस्तान्तरण

त्रिभुवन विश्‍वविद्यलय वातावरण केन्द्रीय विभाग अन्तर्गत सञ्चालित Enhancing Green Economy in Three Countries in Asia (EGEA) परियोजनाले त्रि.वि.मा अनलाइन कक्षा सञ्चालन र व्यवस्थापन गर्नका लागि Online Conferencing Tools, Camera र १० थान Laptop त्रिभुवन विश्‍वविद्यालय विद्युतीय माध्यम (अनलाइन) कक्षा सञ्चालनको व्यवस्थापन अनुगमन उच्चस्तरीय समितिको सचिवालयका लागि समितिका संयोजक तथा त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालज्यूलाई एक समारोहको बिच हस्तान्तरण गरेको छ। उक्त समारोहमा त्रि.वि.का रजिष्‍ट्रार प्रा.डा. पेसल दाहालज्यू, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालज्यू, वातावरण केन्द्रीय विभागका प्रमुख प्रा.डा. रेजिना मास्के ब्याँजू, खुला तथा दुर शिक्षा केन्द्रका निर्देशक डा. गंगाराम गौतमलगायतको उपस्थिति थियो।