Sign Into Mailbox

पद्यकन्या क्याम्पस स्वायत्ततामा

वैशाख ७
त्रिभुवन विश्वविद्यालय पद्यकन्या क्याम्पस वागवजार त्रिवि स्वायत्तता सम्वन्धी नियम २०६२ बमोजिम स्वायत्ततामा गएको छ ।

त्रिवि कार्यकारी परिषद्को मिति २०७३ माघ १८ को निर्णयले स्वायत्ततामा जानका लागी स्वीकृति प्रदान गरेको हो । स्वायत्ततामा गएका क्याम्पसलाई उच्चशिक्षा सुधार परियोजनाले आर्थिक सहयोग गर्ने प्रावधान अनुरुप मिति २०७४।१।७ मा उच्चशिक्षा सुधार परियोजना र पद्यकन्या क्याम्पसबिच आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रक्रमा उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्रा.शंकरप्रसाद भण्डारीले पद्यकन्या क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा रेनुका जोशीलाई रु ४ करोडको चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठाीले पद्यकन्या क्याम्पसलाई शुभकामना दिनुहुदै स्वायत्ततामा जादा क्याम्पसको निर्णयक्षमता वढ्ने हुदा शैक्षिक एवं प्राज्ञिक उन्नयनमा अढि वढ्न क्याम्पस प्रशासनलाई आग्रह गर्नुभएको थियो । स्वायत्तता चुनौतिपूर्ण अवसर रहेको भन्दै क्याम्पसका सम्पूर्ण सयन्त्रहरुलाई आपसी समन्वयवाट वढि वढन समेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा पद्यकन्या क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.रेनुका जोशीले स्वायत्ततामा जादा आफूहरु उत्साहित भएको भन्दै क्याम्पसको शैक्षिक एवं भौतिक विकासका लागी क्रियाशिल भएर अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रशासकिय प्रमुख सुभाषचन्द्र ढुंगेल, मानविकी तथा सामाजिक संकायका डीन प्रा.डा शिवलाल भुषाल एवं त्रिवि योजना महाशाखाका प्रमुख प्रा.डा ऋदिशकुमार पोखरेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्रिवि स्वायत्ततासम्वन्धि नियम २०६२ बमोजिक हालसम्म ६ बटा आंगिक क्याम्पसहरु स्वायत्ततामा गइसकेका छन् ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook