Tribhuwan University

निजी क्षेत्रको साझेदारीमा पहिलोपटक नानोप्रविधीअनुसन्धाताको लागि रिकाष्टमा दरखास्त आह्वान

निजी क्षेत्रको साझेदारीमा पहिलोपटक नानोप्रविधीअनुसन्धाताको लागिरिकाष्टमा दरखास्त आह्वान

त्रिभुवन विश्वबिद्यालय, व्यवहारीक विज्ञान तथा प्रविधी अनुसन्धान केन्द्र (रिकाष्ट) ले अहिलेको बिश्वमा नयाँ औद्योगिक क्रान्तिको रुपमा स्थान ग्रहण गर्दै आएको नानोप्रविधीमा पहिलोपटक बिद्यावारीधि सोधकर्ता तथा अनुसन्धान-सहायकको लागि दरखास्त आह्वान गरेको छ । रिकाष्टका कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारीका अनुसार “स्केलेबल ग्राफिननानो-झिल्ली संश्लेषण तथा यसको ऊर्जा भण्डारणमा उपयोगीता (Scalable graphene nanomembranesynthesis, and its application in energy storage)” सम्बन्धी उक्त पारीयोजनामा पहिलो पटक एक बिद्यावारीधी सोधकर्ता र दुई स्नाकोत्तर तहका विज्ञानकर्मीहरु अनुसन्धानरत  रहनेछन् । सोधकर्ताहरुको लागि आबश्यक पर्ने छात्रवृत्ति तथा उपकरणहरुको प्रायोजन ग्राफिन (Graphene) नामक अत्याधुनिक नानोस्तरिय पदार्थको बिकास र व्यावसायीकरणमा कृयाशिल युवा उद्दमीहरुको कम्पनी सिरेटोटेक्नोलोजी प्रा. लि. ले गर्ने भएको छ ।

विस्तृत विवरण तथा सुचनाको लागि info@recast.edu.np मा सम्पर्क गर्नुहोला ।