Tribhuwan University

बेरुजू शुन्यमा झार्छौ : त्रिवि उपकुलपति

त्रिभुवन विश्वविद्यालय लेखा परीक्षण महाशाखा र महालेखा परिक्षकको कार्यालयको संयुक्त अयोजनामा त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्रशासन प्रमुख र लेखामा कार्यरत कर्मचारीहरुलाई लेखा परीक्षण तथा वेरुजु फ्स्र्यौट सम्वन्धी जानकारी गराउने उद्देश्यले छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

त्रिभुवन विश्वविद्यालका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले विकराल समस्याको रुपमा देखापरेको वेरुजुलाई नीतिगत एवम् प्रशासनिक निर्णयगरी बेरुजु शुन्यताको अवस्थामा पु¥याउने वातावरण निर्माण गरीने बताउनुभयो । कर्मचारीहरुलाई ऐन,नियम एवम् कार्यविधि अनुरुप काम गर्न निर्देशन दिनुहुँदै उपकुलपति प्रा.डा बास्कोटाले प्रशासनप्रमुखलाई बजेटमा उल्लेख भएको शिर्षकअनुसार खर्च गर्न र बजेटमा नभएका शिर्षकहरुमा खर्च गर्दा माथिल्लो निकायसँग पूर्वस्वीकृति लिन आग्रह गर्नुभएको थियो । आगामी दिनमा सुशासन र वित्तिय अनुशासनलाई कडाईका साथ लागु गर्न प्रशासन सयन्त्रलाई सृदृढ बनाउने धारणा व्यक्त गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले बेरुजु न्युनिकरण गर्दै प्रशासन एवम् लेखा प्रणालीलाई पारदर्शी र जिम्मेवार बनाउन बेरुजु फस्र्यौट निर्देशिका तयार गर्न लागिएको बताउनुभयो । आफ्नो पदावधिमा भएको बेरुजुमा आफु स्वयम् जिम्मेवार हुने निर्देशिका निर्माण गरी बेरुजु व्यवस्थापनलाई कडाईका साथ लागु गरिने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले कर्मचारीहरुको अपर्याप्तता,अज्ञानता र ढिलासुस्तीका कारणप बेरु न्यूनिकरणमा समस्या आएको भन्दै सामुहिक प्रयत्न र अठोटका साथ बेरुजु फस्र्यौटमा संलग्न हुन प्रशासनिक नेतृत्व एवम् लेखामा कार्यरत कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

महालेखा परिक्षकको कार्यालयका नायव महालेखा परिक्षक दामोदर पुडासैनीले बेरुजुको गाम्भिर्यता नबुझेर,ऐन,नियम र आर्थिक नियमावली कार्यान्वयन नभएर त्रिविमा वेरुजु बढेको बताउनुभयो । त्रिविको आन्तरिक लेखा प्रणाली व्यवस्थित गराई नियमानुसार खर्च गर्ने अवस्था सिर्जना गर्न पदाधिकारीहरुलाई समेत आग्रह गर्नुभएको थियो । संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले विश्वविद्यालयमा बेरुजुको अवस्था, बेरुजु निर्माणमा हुनुको कारणका साथै बेरुजु न्यूनिकरण गर्ने उपायका बारेमा जानकारी गराउनुभयो । आर्थिक प्रशासन प्रमुख कुमार प्रसाद हुमागाईले नियमानुसार आर्थिक गतिविधि सञ्चालन नहुनु सार्वजनिक खरिद ऐनको पालना नुहदा मुलुककै अग्रणी शैक्षिक संस्थामा वित्तिय अनुशासनमा प्रश्न उठिरहेको बताउनुभयो । उहाँले त्रिविमा सम्पूर्ण निकायमा निकायप्रमुखको संयोजकत्मा गठित वेरुजु फस्र्यौट समितिलाई क्रियाशिल बनाई बेरुजु न्यूनिकरणमा प्रभावकारीता वढाउन सकिने उल्लेख गर्नुभएको थियो

त्रिवि लेखा परिक्षण महाशाखाका प्रमुख नारायण बहादुर बस्नेतले समयमै आन्तरिक लेखा परिक्षण सम्पन्न भएकोले बेरुजु न्यूनिकरणमा सफलता प्राप्त भएको जानकारी दिनुभयो । त्रिवि ऐन,नियम तथा कार्यविधिको कडाइपूर्वक कार्यान्वयन गर्नसके हाल कामय बेरुजू न्यूनिकरण हुने उहाँको भनाई रहेको छ । कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा जगदिश प्रसा अग्रवाल, बन विज्ञान अध्ययन संस्थानका डीन, प्रा.डा कृष्णराज तिवारी, भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा विनिल अर्याल साथै विभिन्न कार्यालयमा कार्यरत लेखाका कर्मचारीहरुले बेरुजुका सन्र्दभमा आफ्ना भनाई राख्नुभएको थियो ।