Tribhuwan University

ग्रामिण विकास केन्द्रीय विभाग र मण्डनदेउपुर नगरपालिका विच सझादारीपत्रमा हस्ताक्षर

त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुर र मण्डनदेउपुर नगरपालिका काभ्रेपलान्चोक विच अध्ययन, अनुसन्धान, योजना तथा रणनीति तयार गर्ने कार्यक्रमको लागी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा र मण्दनदेउपुर नगरपालिकाका मेयर टोक वहादुर वाईवाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ग्रामिण विकास केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा पुष्पकमल सुवेदी र मण्डनदेउपुर नगरपालिका प्रशासकीय प्रमुख प्रणराज न्यौपानेद्धारा हस्ताक्षर गरिएको समझदारीपत्रमा नेपाल सरकार, संयुक्त राष्ट्रसंघ ,विश्वबैंक, एसियाली विकास बैंक, युरोपियन युनियन लगायतका विकास साझेदारी संघ संस्थाहरुसँग हुने अनुसन्धान तथा निति विश्लेषण परिरयोजनमा निति निर्माण बनाउन, कार्यक्रम लागु गर्न र अनुमगन गर्न ग्रामीण विकास केन्द्रीय विभागले सहयोग गर्ने ।

ग्रामिक विकास केन्द्रीय विभागले राष्ट्रिय गोष्ठी र कार्यशालाहरुको आयोजना गरेर नेपालका विकास निर्माताहरु, कार्यक्रम लागूकर्ताहरु, समुदाय नेताहरु, प्राविधिक विशेषज्ञहरु र अनुसन्धानकर्ताहरुलाई एकसाथ भेला गरेर नेपालको विकासका सवलाहरु स्पष्ट पार्ने, विभिन्न विकास ऐजेन्सीहरु मार्फत गर्नेकाममा व्यवसायिक सल्लाकार सेवा उपलब्ध गराउने, अनुसन्धान रिर्पोट,स्थिति कागजात, सेमिनारको कारवाही, शिक्षण सहयोग र अन्त सामग्रीको प्रकाशन मार्फत देशको विकासका सवालहरुमा बढ्दो चेतना र मानव विकाससँगको उनहिरुको सम्वन्धमा योगदान पु¥याउने उल्लेख गरिएको छ।