Tribhuwan University

सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवनविश्वविद्यालयका कुलपति श्री के.पी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना

 

त्रिभुवन विश्वविद्यालय
उपकुलपतिको कार्यालय,कीर्तिपुर,काठमाडौं, नेपाल

शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना

सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवनविश्वविद्यालयका कुलपति श्री के.पी शर्मा ओलीज्यूको दोश्रो पटकको मृगौला प्रत्यारोपण २०७६ फाल्गुण २१ गते सफलतापूर्वक सम्पन्न भएकोमा त्रिभुवन विश्वविद्यालय परिवार अत्यन्त हर्षित छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा र विज्ञहरु प्रति विश्वास गरी सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा विश्वविद्यालय परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । देशमा स्वास्थ्य सेवाको क्षेत्रमा अहम् भूमिका निर्वाह गरिरहेको त्रि.वि.शिक्षण अस्पतालप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको भरोसा विश्वासले त्रिभुवन विश्वविद्यालयको गरिमा अझ वृद्धि भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको स्वाथ्योपचार सेवा गर्ने यस ऐतिहासिक अवसरबाट त्रि.वि.शिक्षण अस्पताल परिवारकासाथै समस्त विश्वविद्यालय परिवार उर्जाशिल बनेको छ र भविष्यमा अझ लगनशीलताका साथ कार्य गर्ने हौसला प्राप्त भएको व्यहोरा निवेदन गर्दै सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिज्यूको शिघ्र स्वाथ्यलाभको हार्दिक कामना गर्दछु । साथै प्रत्यारोपण कार्यमा संलग्न सबै विशेषज्ञ चिकित्सक, नर्सिङ कर्मचारी र सहयोगी समूहलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

मिति ः २०७६।११।२२

प्रा.डा धर्मकान्त वास्कोटा
उपकुलपति
एवं त्रिभुवन विश्वविद्यालय परिवार