Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालयको अत्यन्त जरुरी सूचना

मिति २०७२ बैशाख १२ गते शनिबार दिउ“सो ११ः५६ बजे अकल्पनीय र आकस्मिक प्रकोपको रुपमा आएको प्राकृतिक भुकम्प र त्यसपछिका भुकम्पीय प्रभावबाट विषम परिस्थिति उत्पन्न भैआएकोले त्रि।वि।कार्यकारी परिषदको मिति २०७२\१\१४ गतेको आकस्मिक बैठकको निर्णयानुसार देहायअनुसार गर्न गराउन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिन्छ ।

१) त्रिभुवन विश्वविद्यालयको प्रशासन यथावत खुला राख्ने र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस\केन्द्रीय विभागहरुको पठनपाठन मिति २०७२\१\१३ गतेदेखि लागू हुने गरी ७ दिनसम्म बन्द राख्ने ।

२) संचालन भैरहेका र कार्यतालिका प्रकाशन भई २०७२ साल बैशाख महिनामा संचालन हुने त्रि.वि.का सम्पूर्ण तहको परीक्षालाई अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गर्ने ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook