Sign Into Mailbox

Monthly archives: May 2018

त्रिवि विश्वकै नवौं ठूलो विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय विद्यार्थी भर्नाको आधारमा विश्वकै नवौं ठूलो विश्वविद्यालय रहेको भारतको प्रसिद्ध अनलाइन इन्डिया टुडेले जनाएको छ । समाचारको पूर्ण विवरण हेर्नुहोस ः   Please follow and like us:0

पुनर्योगको नतिजा प्रकाशन

काठमाडौ (११ जेठ)/त्रिभुवन विश्वविद्यालय, बल्खुद्धारा गत वर्ष २०७४ सालमा सञ्चालित तीन वर्षे र चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफलमा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिने विद्यार्थीहरुको निवेदनउपर कारवाही गरी पुनर्योगको नतिजा मंगलवार प्रकाशित भएको छ । शिक्षाशास्त्र संकाय तीन … Continue reading

एम ए दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौ (१० जेठ)/त्रिभुवन विश्वविद्यालय, बल्खुद्धारा २०७४ साल फागुन/चैत्र महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर तह (एम ए) दोस्रो वर्ष (२०७४ मौकासमेतको) गृह विज्ञान र संस्कृत विषयको परीक्षाफल केन्द्रिय परीक्षा समितिको निर्णयानुसार प्रकाशित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ … Continue reading

त्रिविले दियो प्राध्यापकहरुलाई सेमेष्टर तालिम

जेष्ठ ३ । त्रिभुवन विश्वविद्यालयले सेमेष्टेर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले सेमेष्टरप्रणालीको बारेमा तालिम दिनसक्ने प्राध्यापकहरु निर्माण गर्नका लागी सेमेष्टरको स्तरीकरण ःअनुभव सटासाट एवं रणनीतिक निर्माण विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा त्रिविले सञ्चालनमा रहेको सेमेष्टर प्रणालीलाई … Continue reading

त्रिविमा शंकराचार्यलाई अभिनन्दन

कीर्तिपुर (२ जेठ)/त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रिय विभागले उडिसास्थित गोवर्धनमा पुरीपिठाधिश श्रीमज्जगद्गुरु पुज्यपाद शंकराचार्य स्वामि निश्चलानन्द सरस्वतीजी महाराजको एक कार्यक्रमका बीच अभिनन्दन गरेको छ । गत बैशाख ३० गतेदेखि नेपाल भ्रमणमा रहेका शंकराचार्यले त्रिवि परिसरमा उपस्थित भई कार्यक्रमलाई सम्बोधन गरेका थिए … Continue reading

त्रिवि सेडाको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) सम्पन्न

कीर्तिपुर (१ जेठ)/त्रिभुवन विश्वविद्यालय अन्तरगत आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), कीर्तिपुरले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाएको छ । कीर्तिपुरमा आयोजित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं सेडाका संस्थापक कार्यकारी निर्देशक पशुपति शमसेर जबराले आफु सेडाको … Continue reading

ई–लाईबे्ररी सम्वन्धी पुनर्ताजगी तालिम सम्पन्न

कीर्तिपुर (३१ बैशाख)/त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको आयोजना तथा समन्वय महाशाखासंगको सहकार्यमा आयोजित एक हप्ते इ–लाइब्रेरी, ई–रिसोर्सेस तथा सूचना व्यवस्थापन र प्रविधिसम्बन्धी पुनर्ताजगी तालिम आज समापन गरिएको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रमको समापन गरिएको हो । … Continue reading

सरकार र त्रिविले विशेष आवश्यकता शिक्षाको मास्टरप्लान बनाउदै

वैशाख २७। काठमाडौं चाङ्गवाङ्ग नेसनल युर्निभर्सिटी कोरीया अन्तर्गत नेपालमा विशेष आवश्यकता शिक्षामा कार्यरत संस्था लिडिङ्ग युर्निभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोपरेसन(लुपिक) को आयोजनामा त्रिभुवन विश्विद्यालय शिक्षाशास्त्र केन्द्रीय विभाग,शिक्षामन्त्रालय एवं चाङ्गवाङ नेसनल युनिभर्सिटीले संयुक्तरुपमा निर्माण गरिरहेको विशेष आवश्यकता एवं समावेशी शिक्षासम्वन्धी मास्टर … Continue reading

त्रिविद्धारा धरानमा सेवाकालिन कम्प्युटर तालिम सम्पन्न ।

वैशाख २६ । धरान त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण कार्यक्रम अन्तर्गत समन्वय माशाखा तथा पूर्वाञ्चल क्याम्पस धरानको संयुक्त आयोजनामा दुईहप्ते सेवाकालिन कम्प्युटर तथा प्रशासनिक तालिम वैशाख ९ देखि २१ सम्म धरानमा सम्पन्न भएको छ । पूर्वमा रहेका त्रिविमा आंगिक … Continue reading

प्रश्नपत्र निर्माण र व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौ (बैशाख २४)/परीक्षा सुधार तथा समन्वय परिषद्को आयोजनामा प्रश्न पत्र निर्माण तथा व्यवस्थापनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ । परीक्षा सुधार तथा समन्वय परिषद्का अध्यक्ष एवं त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई … Continue reading

त्रिविद्धारा ई–लाइबे्ररी सम्वन्धी तालिम सञ्चालनमा

वैशाख २४। काठमाडौं त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास कार्यक्रम अन्तर्गत केन्द्रीय पुस्तकालयको आयोजनामा ई–लाइब्रेरी÷ई–रिर्सोसेज तथा सूचना व्यवस्थापन प्रविधि सम्वन्धि एक हप्ते तालिम सञ्चालन भएको छ । त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुरमा आयोजिक कार्यक्रममा त्रिविका विभिन्न आंगिक क्याम्पसका ३० जना अधिकृत स्तरका लाइब्रेरियनहरुको … Continue reading

उपकुलपति कप फुटसलको उद्घाटन

  काठमाडौं। वैशाख २० । त्रिभुवन विश्वविद्यालय महाराजगंज चिकित्सा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनमा त्रिवि उपकुलपति कप अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उद्घाटन त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले गर्नुभयो। त्रिवि उपकुलपति अन्तरक्याम्पस स्तरीय विभिन्न खेलकुद प्रतियोगिता अयोजना अन्तर्गत महाराजगंज चिकित्सा क्याम्पसले फुटसल … Continue reading

एकदिवसीय एम.एड.सेमेस्टर प्रणालीको प्रवोधीकरण कार्यक्रम सम्पन्न

काठमाडौ/त्रिभुवन विश्वविद्यालय महेन्द्र रत्न क्याम्पस, ताहाचल,काठमाडौको आयोजनामा गत बैशाख १५ गते एक दिवसीय एम एड सेमेस्टर प्रणालीको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले क्याम्पसहरुले आफ्नै प्रयासमा यस किसिमको … Continue reading

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news