Sign Into Mailbox

त्रिविमा शंकराचार्यलाई अभिनन्दन

(Last Updated On: May 18, 2018)

कीर्तिपुर (२ जेठ)/त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रिय विभागले उडिसास्थित गोवर्धनमा पुरीपिठाधिश श्रीमज्जगद्गुरु पुज्यपाद शंकराचार्य स्वामि निश्चलानन्द सरस्वतीजी महाराजको एक कार्यक्रमका बीच अभिनन्दन गरेको छ ।
गत बैशाख ३० गतेदेखि नेपाल भ्रमणमा रहेका शंकराचार्यले त्रिवि परिसरमा उपस्थित भई कार्यक्रमलाई सम्बोधन गरेका थिए । साथै उनले अधर्मका नास होस्, प्राणीका सद्भावना होस्, विश्वका कल्याण होस्, गौमाताकी जय होस् जस्ता आशीर्वचन वाचन गरी सहभागीहरुमाझ मानव जीवनमा धर्मको महत्व, शिक्षक विद्यार्थीका कर्तव्य, जीवनको उद्देश्य लगायत जीवन दर्शनको बारेमा प्रवचन प्रस्तुत गरेका थिए । भारतमा सनातन बौद्धिक धर्म स्थापना गर्ने क्रममा चार वटा शंकराचार्य मठ स्थापना भएकोमा उडिसामा एक रहेको छ । जुन मठका पुरी पिठाधिश शंकराचार्यले नेपाल भ्रमण गरेका हुन् । शंकराचार्यले १६१ बढि बौद्धिक, गणित, दर्शन, आध्यात्मिक सनातन धर्मग्रन्थहरु प्रकाशन गरिसकेका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय संस्कृत केन्द्रिय विभागका प्रमुख प्रा.डा. नारायण प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय र नास्टका उपकुलपतिहरुको समेत उपस्थिति रहेको थियो । सह प्राध्यापक डा. माधवप्रसाद उपाध्यायले उपस्थित सबैमा स्वागत गर्नुभएको थियो भने संस्कृत विश्वविद्यालयका उपकुलपतिले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook