Sign Into Mailbox

ई–लाईबे्ररी सम्वन्धी पुनर्ताजगी तालिम सम्पन्न

(Last Updated On: May 15, 2018)

कीर्तिपुर (३१ बैशाख)/त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको आयोजना तथा समन्वय महाशाखासंगको सहकार्यमा आयोजित एक हप्ते इ–लाइब्रेरी, ई–रिसोर्सेस तथा सूचना व्यवस्थापन र प्रविधिसम्बन्धी पुनर्ताजगी तालिम आज समापन गरिएको छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रमको समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि रजिष्ट्रार उप्रेतीले मानव संसाधन विकासको दृष्टिकोणले कर्मचारीहरुको लागि तालिम सञ्चालन हुनु महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले आफु कार्यरत निकायमा तालिमबाट सिकेको ज्ञान सीप प्रयोग गर्दा कार्यशैलीमा परिवर्तन गर्न मद्दत मिल्ने बताउनु हुँदै पेशाप्रति उर्जा प्रदान गरिएको बताउनु भयो । पुस्तकालय व्यवस्थापन प्रमुख विषय भएको उल्लेख गर्नुहुँदै उहाँले नयाँ प्रविधिसंगको सामिप्यतामा ज्ञान प्रवाह गर्न पुस्तकालयहरुलाई प्रविधिमैत्री बनाउदै अध्यावधिक गर्दै लैजाने प्रयास शुरु गरिएको जानकारी दिनुभयो । दश करोड बजेट विनियोजन गरी प्रविधि विस्तारमा त्रिवि जुटिरहेको र फ्रि वाइफाइ जोनको अवधारणा त्रिवि विश्वविद्यालय क्याम्पस, उपत्यका भित्रका क्याम्पस र उपत्यका बाहिरका क्याम्पसहरुमा समेत क्रमशः यो अवधारणा विस्तार गरिने बताउनु भयो । कम्प्युटर प्रविधिको ज्ञान विना कुनै पनि सेवा प्रभावकारी नहुने बताउनुहुँदै उहाँले एक हप्ते तालिममा प्रस्तुत विषयवस्तुहरु र सहजीकरणको लागि विषय विज्ञहरुको उपस्थितिले ज्ञान वृद्धि गर्न मद्दत मिलेको बताउनुहुँदै भविष्यमा पुस्तकालयको सबलीकरण र जनशक्तिको क्षमता विकासको लागि अझै विशिष्टिकृत तालिमहरु आयोजन ागर्न त्रिविले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा केन्द्रिय पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले पुस्तकालयमा काम गर्ने जनशक्तिलाई भविष्यमा आइटि विज्ञ बनाउने आफुहरुको लक्ष्य रहेको बताउनु भयो । केन्द्रिय पुस्तकालयले उपत्यकाभित्र मात्र नभई पुर्व र पश्चिम क्षेत्रमा रहेका आँगिक क्याम्पसहरुका पुस्तकालयहरु र सम्बन्धन प्राप्त क्याम्पसहरुबाट माग भएबमोजिम भविष्यमा पनि तालिमहरु आयोजना गर्दै जाने र तालिमपछि पुस्तकालयमा आउने परिवर्तनको अनुगमन गरिने जानकारी दिनुभयो । त्रिविसंग रहेका करोडौं मुल्यका इ–रिसोर्सहरुलाई उपयोग गर्न विद्यार्थी, शिक्षक एवं आम पुस्तकालय प्रयोगकर्ता अनुन्धानकर्ताहरुलाई सचेतना फैलाउन जरुरी भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा तालिम संयोजक एवं सहपुस्तकालयध्यक्ष पूर्णलाल श्रेष्ठले तालिमपश्चात प्राप्त ज्ञान सहभागीहरुले आफुहरु कार्यरत संस्थामा प्रयोग गर्न सकेमा त्यसको अनुभुति आफु एवं संस्थाले गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । सहभागीहरुको तर्फबाट आरधना बस्नेतले पुस्तकालयको विकास गर्न विश्व बजारमा पुस्तकालयको प्रयोगको अवस्था अध्ययन गरी पुस्तकालय प्रयोगकर्ताको रुची अनुसार हाम्रो पुस्तकालयहरुलाई अध्यावधिक गर्दै लैजाने र सेवा प्रवाह गर्न सक्ने बनाउनु आजको आवश्यकता रहेको बताउनु भयो । तालिम कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिबाट सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रिय पुस्तकालयका मिठाराम ढकालले गर्नुभएको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news