Sign Into Mailbox

सरकार र त्रिविले विशेष आवश्यकता शिक्षाको मास्टरप्लान बनाउदै

(Last Updated On: May 10, 2018)

वैशाख २७। काठमाडौं
चाङ्गवाङ्ग नेसनल युर्निभर्सिटी कोरीया अन्तर्गत नेपालमा विशेष आवश्यकता शिक्षामा कार्यरत संस्था लिडिङ्ग युर्निभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोपरेसन(लुपिक) को आयोजनामा त्रिभुवन विश्विद्यालय शिक्षाशास्त्र केन्द्रीय विभाग,शिक्षामन्त्रालय एवं चाङ्गवाङ नेसनल युनिभर्सिटीले संयुक्तरुपमा निर्माण गरिरहेको विशेष आवश्यकता एवं समावेशी शिक्षासम्वन्धी मास्टर प्लानक सन्र्दभमा एक दिने सेमिनार सम्पन्न भएको छ ।

सेमिनामार विभिन्न प्रकारका अपाङ्गगता भएका विद्यार्थीहरुको सिकाईकोलागि आवश्यक पर्ने विशेष आवश्यकता शिक्षाका विविध आयामहरुको वारेमा चर्चा गरिएको थियो । कोरियाली विशेषज्ञहरुले कोरियमा विशेष आवश्यकता शिक्षाको अभ्यासका वारेमा सेमिनमारमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले सेमिनारको उद्घाटन गर्दै विभिन्न प्रकारका अपाङ्गगता भएका विद्यार्थीहरुलाई पढ्न पाउनुपर्ने अधिकारवाट कसैले वञ्चित गर्न नसक्ने बताउनुभयो । त्रिविले विशेष आवश्यकता शिक्षाको आवश्यकता महशुस गरी विश्वविद्यालयमा अध्ययन÷अध्यापन गराइरहेको भन्र्दै उहाँले विशेष आवश्यकता शिक्षाको संस्थागत विकासका लागिपर्न सम्वन्धित पक्षहरुलाई आव्हान गर्नुभयो । कुनैपनि विकसित मुलुकमा अपाङ्ग,निमुखा एवं सिमान्तकृतहरुलाई राज्यले के–कस्तो सुविधा उपलब्ध गराउदै आइरहेको भन्ने कुरालाई प्राथमिकतका साथ हेरिने स्मरण गराउदै नेपालका संविधानले सवै वर्ग,क्षेत्र र अवस्थाका वालवालिकालाई पढ्नपाउने अधिकार सुनिश्चित गरिसकेको भन्दै यसका कार्यान्वयनमा सवैपक्ष जुटनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षविभागका प्रमुख वावुराम पौडेलले सवै वालवालिकाहरुले विद्यालयमा पढ्न पाउने अवस्था सिर्जना हुनुपर्छ भन्ने नै सरकारको मान्यता रहेको बताउनुभयो । विशेष आवश्यकता शिक्षालाई सरकारले महत्वपूर्ण कार्ययोजनाको रुपमा ग्रहण गरेको बताउदै उहाँले मास्टर प्लानमार्फत सरकारले अपाङ्गगता भएका वालवालिकाहरुप्रति के–कस्तो दृष्टिकोण अघिवढाएको छ प्रष्ट हुने बताउनुभयो । कार्यक्रममा चाङ्गवाङ युनिभर्सिटीका प्रा.डा देइ योङ्ग जङ्ग ले नेपाल सरकारले विशेष आवश्यकता शिक्षाको महत्वलाई आत्मसाथ गरिसकेको र यसको उत्थान एवं विकासका लागी महत्वपूर्ण कार्ययोजनाका साथ अघि वढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा दक्षिण कोरिया स्थित सिजोङ्ग नुरी स्कुलका उप–प्रमुख कि स्याङ्ग चोइले विशेष आवश्यकता शिक्षामा कोरियामा भएको ऐतिहासिक विकासका वारेम तयार पारिएको विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपालको तर्फवाट विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार प्रा.डा हृदयरत्न बज्राचार्यले नेपालमा निर्माण भइरहेको विशेष आवश्यकता शिक्षा एवं समावेशी शिक्षाको मास्टर प्लानका वारेमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विशेष आवश्यकता शिक्षाको अपरिहार्यताका वारेमा उपस्थित शिक्षामन्त्रालयका प्रतिनिधी,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक,विशेष आवश्यकता शिक्षाको कार्यान्वयन गरिरहेका विद्यालयका प्रिन्सिपलहरुले राज्यले विशेष आवश्यकता शिक्षाको अपनत्व ग्रहण गरेर यसको विकासका लागि लागिपर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news