Sign Into Mailbox

त्रिविद्धारा धरानमा सेवाकालिन कम्प्युटर तालिम सम्पन्न ।

(Last Updated On: May 9, 2018)

वैशाख २६ । धरान
त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण कार्यक्रम अन्तर्गत समन्वय माशाखा तथा पूर्वाञ्चल क्याम्पस धरानको संयुक्त आयोजनामा दुईहप्ते सेवाकालिन कम्प्युटर तथा प्रशासनिक तालिम वैशाख ९ देखि २१ सम्म धरानमा सम्पन्न भएको छ ।

पूर्वमा रहेका त्रिविमा आंगिक क्याम्पस एवं निकायहरुमा कार्यरत मुख्य कार्यालय सहायक एवं मुख्य लेखा सहायकहरुको लागी आयोजित तालिममा विभिन्न निकायका २१ जना सहभागिहरुले सक्रियतापूर्वक तालिम लिएका छन।

प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले कम्प्युटर तालिमले त्रिविको शैक्षिक एवं प्रशासनिक क्षमतामा सकरात्मक परिणाम प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । तालिममा सिकेको ज्ञान व्यवहारमा उर्तान सहभागिहरुलाई सुझाव दिदै उहाँले कम्प्युटर तालिमले प्रशासनिक ढिकासुस्तीको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तालिमको संयोजन पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस धरानका कम्प्युटर एवं इलेक्ट्रोनिक्स विभागका प्रमख विनयलाल श्रेष्ठले गर्नुभएको थियो । तालिममा विशेषज्ञको रुपमा तन्त्रनाथ झा, विमल घिमिरे,चन्द्रेश्वर लिम्वु जितेन्द्र चौधरी, ओप्रकाश ढकालले कम्प्युटरको प्रयोग सम्वन्धी कक्षा सञ्चालन गर्नुभएको थियो भने समन्वय माशाखाका प्रमुख माधवी शाह प्रशासनिक विषयमा तालिम दिनुभएको त्रिवि शिक्षाध्यक्ष कार्यलयका प्रमुख निर्मल मिश्रले जानकारी गराउनुभयो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news