Sign Into Mailbox

त्रिविद्धारा ई–लाइबे्ररी सम्वन्धी तालिम सञ्चालनमा

(Last Updated On: May 7, 2018)

वैशाख २४। काठमाडौं
त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास कार्यक्रम अन्तर्गत केन्द्रीय पुस्तकालयको आयोजनामा ई–लाइब्रेरी÷ई–रिर्सोसेज तथा सूचना व्यवस्थापन प्रविधि सम्वन्धि एक हप्ते तालिम सञ्चालन भएको छ ।

त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुरमा आयोजिक कार्यक्रममा त्रिविका विभिन्न आंगिक क्याम्पसका ३० जना अधिकृत स्तरका लाइब्रेरियनहरुको सहभागीता रहेको छ । एक हप्तासम्म सञ्चालनमा हुने उक्त कार्यक्रममा सहभागीले पुस्तकालियमा सूचना प्रविधिको उपयोग कसरी गर्ने र डाटावेस सञ्चालनका विभिन्न मोडलहरुका वारेमा विज्ञहरुमा तालिम लिने छन् । विश्वका आधुनिक पुस्तकालयहरुमा प्रयोग गरिएका प्रविधि एवं पुस्तकालयका विधिको बारेमा इसिमोड,युएन नेपालको कार्यलय,मदनपुरस्कार पुस्तकालय,मार्टिन चौतारी,कपिराइट रजिष्ट्रर अफिस,शिक्षा मन्त्रालय लगायतका संस्थामा आवद्ध विज्ञहरुले तालिम सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रमको उद्घाटनसत्रलाई सम्वोधन गर्दै त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले तालिमले पुस्तकालयमा कार्यरत कर्मचारीहरुलाई सूचनाप्रविधिमैत्री पुस्तकालय निर्माणमा लागी सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो । त्रिविका सम्पूर्ण आंगिक क्याम्पसमा रहेका पुस्तकालयहरुको स्तरीकरणका लागी आफूहरु प्रयत्नशिल रहेको भन्दै यस तालिमले पुस्तकालयमा कार्यरत कर्मचारीलाई लाईवेरी अटोमेसन लगायतका वारेमा महत्वपुर्ण जानकारी दिने बताउनुभयो । त्रिविले करोडौ रुपैया पर्ने अनलाइन जर्नल उपलब्ध गराउदै आइरहेको भन्दै यसको पहुँच सम्पूर्ण क्याम्पसमा समेत पु¥याउने काम भइरहेको जानकारी गराउनुभयो ।


कार्यक्रममा समन्वय महाशाखाका प्रमुख माधवी शाहले तालिममा उपस्थित कर्मचारीहरुलाई अवसरको अधिकतम लाभ उठाई पुस्तकालयको क्षेत्रमा आफनो क्षमताविस्तारमा लाग्न उत्पे्ररित गर्नुभएको थियो । तालिम प्रयोजन गर्नुको उद्देश्य र अपेक्षाका वारेमा सहभागीहरुलाई जानकारी गराउनुहुदै तालिम संयोजक सह–लाइबे्ररियन पूर्णलाल श्रेष्ठले परम्परागत पुस्तकालय सञ्चालनबाट आधुनिक एवं सूचनाप्रविधियुक्त पुस्तकालय सञ्चालनमा अघि वढन यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । तालिममा आफुले जानेका कुराहरु आदान–प्रदान गर्नुको साथै अनलाइनमा आधारिक पुस्तकालयको अवधारणा समेत कार्यान्वयनमा थप योगदानपुग्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
तालिम वैशाख २४ देखि ३१ सम्म सञ्चालन हुने छ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news