Sign Into Mailbox

उपकुलपति कप फुटसलको उद्घाटन

(Last Updated On: May 7, 2018)

 

काठमाडौं। वैशाख २० ।
त्रिभुवन विश्वविद्यालय महाराजगंज चिकित्सा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनमा त्रिवि उपकुलपति कप अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उद्घाटन त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले गर्नुभयो।

त्रिवि उपकुलपति अन्तरक्याम्पस स्तरीय विभिन्न खेलकुद प्रतियोगिता अयोजना अन्तर्गत महाराजगंज चिकित्सा क्याम्पसले फुटसल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी लिएको थियो । प्रतियोगितामा १२ वटा त्रिविका आंगिक क्याम्पसहरुको सहभागीता रहेको छ । प्रत्येक टिमले पाँच÷पाँच वटा प्रतियोगितामा सामेल भई आफ्नो क्षमता प्रदर्शन गर्नेभएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षाध्यक्ष प्रा.डा त्रिपाठीले अध्ययन÷अध्यापन सँगै अतिरित्त क्रियाकलपाले विद्यार्थीको मस्तिष्क थप क्रियाशिल बनाउने हुँदा खेल जिवनको एउटा अपरिहार्य आवश्यकता वन्दै गइरहेको बताउनुभयो । उहाँले जित र हातको भावनालाई त्यागेर मित्रतालाई प्रगाढ एवं मजवुत वनाउने उद्देश्यका साथ प्रतियोगितामा सहभागी हुन सवै टिमलाई आग्रह गर्नुभएको थियो ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा जगदिश प्रसाद अग्रवालले महाराजगंज चिकित्सा क्याम्पसले फुटसल आयोजना गर्ने अवसर प्राप्त गरेकोमा खुसि व्यक्त गर्दै प्रतियोगित निष्पक्ष एवं मैत्रीपूर्ण हुने अपेक्षा गर्नुभएको थियो ।

कार्यक्रममा महाराजगंज चिकित्सा क्याम्पसका कार्यवहाक क्याम्पप्रमुख प्रा.डा दिनेश विनोद पोखरेलले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई थप उत्साहित एवं शारिरिक तन्द्रुस्ती प्रदान गर्ने भन्दै क्याम्पसले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
उपकुलपतिकप अन्तरक्याम्पस स्तरीय खेलकुद प्रतियोगिताको वारेमा संक्षिप्त जानकारी गराउनुहुदै त्रिवि विद्यार्थी कल्याण एवं खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगावहादुर थापामगरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्न सफल क्याम्पसहरुले उपकुलपतिकप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको बताउनुभयो । त्रिवि विद्यार्थी वैयक्तित क्रियाकलापप्रति सचेत रहेको भन्दै आगामी दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनमा ल्याइ विद्यार्थीहरुको शारिरिक एवं मानसिक स्वास्थ्यमा थप योगदान गर्ने बताउनुभयो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook