Sign Into Mailbox

एकदिवसीय एम.एड.सेमेस्टर प्रणालीको प्रवोधीकरण कार्यक्रम सम्पन्न

(Last Updated On: May 2, 2018)

काठमाडौ/त्रिभुवन विश्वविद्यालय महेन्द्र रत्न क्याम्पस, ताहाचल,काठमाडौको आयोजनामा गत बैशाख १५ गते एक दिवसीय एम एड सेमेस्टर प्रणालीको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि त्रिवि शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले क्याम्पसहरुले आफ्नै प्रयासमा यस किसिमको प्रबोधिकरण कार्यक्रम गर्नु सकारात्मक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले डीन कार्यालयले १० जनाको लागि बाहिरी जिल्लामा आयोजन ागर्ने कार्यक्रमको खर्चले सम्बन्धित क्याम्पसहरुले सय जनासम्मलाई सिकाई उपलब्धी हासिल गराउन सक्ने देखिएको बताउनु भयो ।

कार्यक्रममा तीन जना सहायक डिनहरु, उपत्यकामा रहनु भएका सबै विषयसमितिका अध्यक्षज्यूहरु तथा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका केन्द्रीय विभागहरुबाट विभागीय प्रमुख तथा विषय विशेषज्ञहरुको उपस्थिति थियो । यो कार्यक्रम नि.क्याम्पस प्रमुख श्री गोविन्दबहादुर कट्वालको अध्यक्षतामा र रात्रिकालीन कार्यक्रमका सहायक क्याम्पस प्रमुख डा.विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको थियो । डिन कार्यालयको तर्फबाट सहायक डिन श्री बलराम रायले सेमेस्टर सिस्टमको बारेमा जानकारीमुलक प्रस्तुति दिनु भएको थियो । त्यसरी नै क्याम्पसबाट विश्वविद्यालयको खुला तथा दुर शिक्षा कार्यक्रममा काजमा जानु भएका सह प्राध्यापक गंगाराम गौतमले आफैँ समेत संलग्न भएको सर्वेक्षणबाट प्राप्त त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु भएपछि देखिएका सकारात्मकता, चुनौतीहरु तथा आगामी दिनमा गर्नु पर्ने कामहरु सम्बन्धमा संक्षिप्त कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी प्रत्येक विभागका विभागीय प्रमुखहरु, विषय विशेषज्ञहरु तथा सम्पूर्ण विभागीय सदस्यहरुका साथै आमन्त्रित त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका केन्द्रीय विभागका विभागीय प्रमुखहरु बीच छुट्टाछुट्टै स्थानमा कक्षा शिक्षण, सिकाइ शिक्षण क्रियाकलाप, शिक्षण विधि, मूल्याङ्कन प्रक्रिया लगायतका विषयवस्तुका बारेमा अनुभवहरुको प्रस्तुतीकरण, छलफल तथा निष्कर्षीकरण गरिएको थियो । साथै सबै विभागहहरुबाट प्राप्त निष्कर्षहरुलाई छुट्टाछुट्टै प्रस्तुतीकरण पश्चात प्रा.डा भिमसेन देवकोटाले तिनीहरुको संक्षेपीकरण गरी निष्कर्श प्रस्तुति गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिम सत्रको अध्यक्षता स्वास्थ्य तथा शारीरिक शिक्षा विषयका विषय विशेषज्ञ प्रा.डा.श्यामकृष्ण महर्जनले गर्नु भएको थियो । यसै गरी सहभागीको तर्फबाट आफ्ना विचार व्यक्त गर्दै उप.प्रा.विष्णुमाया जोशी र सह प्रा.कृष्णप्रसाद ढकालले यस्ता प्राज्ञिक कार्यक्रमहरु डिन कार्यालय तथा क्याम्पसको आयोजनामा मात्र सञ्चालन नगरेर हरेक विभागले नियमित रुपमा सञ्चालन गर्न सकेमा शिक्षण सिकाइ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । साथै उहाँहरुले यस्ता प्राज्ञिक छलफलबाट शिक्षामा प्रभावकारिता ल्याउन सहयोग मिल्ने, अध्ययन अध्यापनप्रति शिक्षक विद्यार्थीको रुचि तथा आकर्षण बढ्ने साथै यस्ता कार्यले शैक्षिक गुणस्तर वृद्धि हुने बताउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, आमन्त्रित अतिथिहरु, विषय समितिका अध्यक्षहरु, विषय विज्ञ तथा सम्पूर्ण सहभागीहरुले यस्ता कार्यक्रमहरु निकै नै प्रभावकारी हुने र सकेसम्म यस्ता कार्यक्रमहरु सबै क्याम्पसले नियमित रुपमा आयोजना गर्न सकेको खण्डमा प्राज्ञिक उन्नयनमा राम्रो टेवा मिल्ने अनुभव व्यक्त गर्नुभएको अंग्रेजी शिक्षा विभागीय प्रमुख सह प्राध्यापक ऋषिराम रिजालले जानकारी दिनुभयो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news