Sign Into Mailbox

त्रिवि भुगोल केन्द्रिय विभागद्धारा अन्तराष्ट्रिय सम्मेलनको आयोजना

(Last Updated On: April 23, 2018)

काठमाडौं । वैशाख ९
त्रिभुवन विश्वविद्यालय भुगोल केन्द्रीय विभागको आयोजनामा “International Conference on Mountain Development in a context of Global Change with Special Focus on the Himalayas” विषयक सम्मेलन ललितपुर कुपण्डाेलस्थित हाेटल हिमालयनमा अाजबाट शुरु भएकाे छ ।
सम्मेलनको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले वैज्ञानिकहरुको उपस्थितिले भु–विज्ञानका साथै हिमालयन क्षेत्रको अध्ययन एवं यसको व्यापकताका बारेमा थप अनुसन्धान हुने र यसले हिमालयन क्षेत्रको सम्भावनालाई थप उजागर गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न ५ मुुुलुकका भु–वैज्ञानिकहरुकाे सहभागिता रहेकाे छ ।  एकहप्ता सम्म सञ्चालन हुने सम्मेलनमा हिमालयन क्षेत्रमा देखिएका वातावरण परिवर्तन, विश्वव्यापी उष्णता एवं मौसममा देखिएका विविधता बारेमा छलफल हुने बताइएकाे छ । साथै विभिन्न देशका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत भएका छन् । सम्मेलनमा हिमायलन क्षेत्रको जनजिवन र यसका प्रभावका बारेमा अनुसन्धानमुलक छलफल गरिएको छ ।

सम्मेलनमा Prof.DENG wei, Institute of Mountain Hazards and Environment, Chinese Academy of Science ले मौसम परिवर्तनले पारेमा असरहरुको वारेमा जानकारी गराउदै सम्मेलनले हिमालयन क्षेत्रका विविध पक्षहरुमा सात्क्षात्कार गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका उपकुलपति प्रा.डा जिवराज पोखरेल लगायतले आफनो धारणा राख्नुभएको थियो ।

सम्मेलनमा Prof.Jeff Kargel, Arizona University,USA, प्रा.डा पिताम्वर शर्मा, Specialist in ICIMOD, नेपाल एवं FANG Yiping, Institute of Mountain Hazards and Environment, Chinese Academy of Sciences, China & Teiji Watanabe, Hokkaido University, Japal लगायतले प्रथम सेसनमा आफनो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुतीकरण गर्नुहुँदै हाेक्काइयाे युनिभर्सिटि जापानका प्राे टेइजी वाटनेव

सम्मेलन आगामी विहिवारसम्म संचालन हुने भुगोल केन्द्रीय विभागका विभागिय प्रमुख प्रा.डा नरेन्द्रराज खनालले वताउनुभयो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news