Sign Into Mailbox

उपकुलपति र शिक्षाध्यक्ष कार्यालय नयाँ भवनमा

(Last Updated On: April 18, 2018)

कीर्तिपुर(५ बैशाख)÷त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाध्यक्ष कार्यालयको नवनिर्मित भवनको विधिवत रुपमा कीर्तिपुरमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले यहि बैशाख ५ गते बिहान ९ बजे शुभ साइतको समय पारेर उपकुलपति कार्यालय भवनको पुजा अर्चना गरी शुभसाइत गर्नुभएको हो । शिक्षाध्यक्षको कार्यालय भने आजैदेखि नयाँ भवनमा सरेको प्रमुख निर्मल मिश्रले जानकारी गराउनु भयो ।

शुभ साइतको अवसरमा उपकुलपति प्रा.डा. खनियाले आफ्नो नियुक्ति २०७२ बैशाख १२ र २९ गतेको महाभुकम्पपछि त्रिवि कार्यालयविहिन भएको अवस्थामा भएको कारण अत्यन्त कठिनाई भएको बताउँदै लामो प्रयासपछि निकै कोशिष गरेर आफ्नै साधनस्रोतले नयाँ कार्यालय भवन निर्माण गर्नुपरेको बताउनु भयो । उपकुलपति प्रा.डा. खनियाको नियुक्ति २०७२ भाद्र ७ गते भएको थियो ।

त्रिविको केन्द्रिय कार्यालय गत २०७२ सालको महाभुकम्पले क्षतिग्रस्त भएपछि त्रिविले उपकुलपति कार्यालय र शिक्षाध्यक्षको कार्यालयको नयाँ भवन निर्माणको ठेक्का २०७३ सालमा गरेको थियो । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी उपकुलपति कार्यालयको भवन निर्माणको कार्यादेश २०७३ आषाढ २२ गते अनक कविन्द्र जे.भी.लाई १४ करोड ९५ लाख ४८ हजार १२० रुपैया, ४२ पैसामा ठेक्का दिइएको थियो । उपकुलपति कार्यालय भवन आगामी ६ महिनाभित्र सम्झौताबमोजिम निर्माण सम्पन्न हुने उपकुलपति कार्यालयका प्रमुख कमल घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी १८ महिनाको कार्यादेश दिएर २०७३ आश्विन ६ गते शिक्षाध्यक्षको कार्यालयको भवन निर्माणको लागि आषिश÷किरातेश्वर जे.भी.लाई १० करोड ४२ लाख ७२ हजार २१६ रुपैया ४६ पैसामा ठेक्का दिइएको थियो । दुवै भवनको परामर्शदाता सेवा प्रदान गर्ने जिम्मेवारी पेस कन्सल्टेन्ट प्रा.लि.ले पाएको थियो । त्रिविमा हाल त्रिविको आफ्नै कोष र पूनर्निर्माण प्राधिकरणको समेत सहयोगमा करिब ८८ करोडको लागतमा १० वटा कार्यालय भवन र २ वटा गेट निर्माणाधिन अवस्थामा रहेका छन् ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news