Sign Into Mailbox

त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता प्रारम्भ ।

(Last Updated On: April 10, 2018)

चैत्र २७। काठमाडौं/त्रिवि संवाददाता
त्रिभुवन विश्वविद्यालयले विगत ७ बर्षदेखि अवरुद्ध अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप खेलकुद प्रतियोगिता पुनःसञ्चालनमा ल्याएको छ ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले गत चैत २६ गते अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप भलिवल (पुरुष) को उद्घाटन गर्दै अबरुद्ध सम्पूर्ण अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप खेलकुद प्रतियोगितालाई पुनः सञ्चालनमा ल्याउनुभएको हो । उहाँले अब त्रिवि अन्तर्गतका बिभिन्न क्याम्पसहरुले अबरुद्ध उपकुलपति कप खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी गराउनुभएको छ ।

IMG-20180410-WA0027

रत्नराज्यलक्ष्मी क्याम्पसका अयोजनामा संचालन भएको अन्तरक्याम्पस राष्ट्रिय उपकुलपति कप भलिवल(पुरुष) मा उपत्यका र बाहिरका गरी २२ वटा क्याम्पस सहभागिता जनाइरहेका छन् । आगामी चैत्र ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार, द्धितियलाई रु ३० हजार एवं तृतिय हुने टिमलाई रु २० हजार सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ ।

IMG-20180410-WA0018

सानोठिमी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप भलिवल (महिला) २०७४ चैत्र २८ मा सञ्चालन हुदै छ भने अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप (क्रिकेट) इञ्जिनियरिङ्ग अध्ययन संस्थानको आयोजनामा सञ्चालन गरिने भएको छ । अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप बास्केटबल प्रतियोगिता इञ्जिनियरिङ्ग अध्ययन संस्थान थापाथली क्याम्पसको आयोजनामा सञ्चालन हुने भएको छ ।

यसैगरी अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप फुटसल प्रतियोगिता चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजले संचालन गर्ने भएको छ । भक्तपुर बहुमुखी क्याम्पसले अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप वुद्धिचाल प्रतियोगिता संचालन गर्ने भएको छ भने जनप्रशासन क्याम्पस,बल्खुले अन्तर क्याम्पस राष्ट्रिय उपकुलपति कप ब्याटमिन्डन प्रतियोगिता सञ्चालन गर्ने तयारीमा रहेको त्रिवि विद्यार्थी कल्याण एवं खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरले जानकारी दिनुभयो । मगरले सवै उपकुलपति कप खेलकुद प्रतियोगिता २०७५ बैशाख महिना भित्रै सञ्चालनमा ल्याउने निर्णय भएको समेत उल्लेख गर्नुभयो ।

यसअघि पनि त्रिविले उपत्यका बाहिर धौलागिरी बहुमुखी क्याम्पस,बाग्लुङ्गको आयोजनामा ४ नं.प्रदेश स्तरीय अन्तरक्याम्पस राष्ट्रिय फुटवल प्रतियोगिता २०७४ फागुन २० देखि २५ सम्म सञ्चालन गरिसकेको छ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news