Sign Into Mailbox

त्रिवि पाठ्यक्रम विकास केन्द्रद्धारा अन्र्तक्रियात्मक कार्याशाला गोष्ठी सम्पन्न ।

(Last Updated On: March 6, 2018)

फागुन २१
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समक्षकता तथा स्तर निर्धारणमा देखिएका समस्या समाधान गर्न ‘समकक्षता तथा स्तर निर्धारण नीति निर्माण विषयक अन्र्तक्रियात्मक कार्यशाला गोष्ठी’ सम्पन्न गरेको छ ।

IMG_7759 IMG_7772
उच्चशिक्षाको विश्वव्यापी परिवर्तनको सन्र्दभमा समकक्षता तथा स्तर निर्धारणलाई वढि समसामयिक एवं वैज्ञानिक वनाउन मौजुदा निति एवं व्यवस्थामा समेत पुनःमूल्यांकन गर्दै समक्षता लाई आधुनिक एवं विद्यार्थीमैत्री बनाउने निष्कर्ष सहित कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले भूमण्डलीकृत विश्वमा उच्चशिक्षामा देखापरेका नविनतम परिवर्तनका कारण समकक्षता एवं स्तर निर्धारण थप चुनौतीपूर्ण बन्न पुगेको बताउनुभयो । रजिष्ट्रार डिल्लीराम उप्रेतीले समकक्षता एवं स्तरनिर्धारणमा देखिएका चुनौती समाधान त्रिवि प्रयत्नशिल रहेको भन्दै आगामी दिनमा प्रविधिको प्रयोग मार्फत छिटो र प्रभावकारीढंगले समस्या समाधान गर्ने बताउनुभयो ।

गोष्ठीमा त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान एवं संकायमा डिन,शिक्षामन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर,विश्वविद्यालय अनुदान अयोग, नर्सिङ काउन्सिल लगायतका सम्वन्धित निकायहरुको सहभागीता रहेको थियो । गोष्ठीमा सहभागीहरुले समकक्षता एवं स्तर निर्धारण गर्दा अपनाउनुपर्ने प्रक्रिया एवं चुनौतीका वारेमा आ–आफनो धारणा अभिव्यक्त गर्नुभएको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook