Sign Into Mailbox

त्रिवि केन्द्रीय वातावरण विभागद्धारा चुरे क्षेत्रका अध्ययन सम्पन्न ।

(Last Updated On: January 5, 2018)

पुस १९
त्रिभुवन विश्वविद्यालय केन्द्रीय बातावरण विज्ञान विभाग र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिबिच सेप्टेम्वर २०१६ मा भएको सहमति अनुरुप सञ्चालमा रहेको ] Characterization of Landslide hazard and design of mitigation works of high risk landslides in Chure area of Nepal (12 districts )नामक अनुसन्धान परियोजना कुशलतापूर्वक समपन्न गरेको छ ।

IMG_7241

विभागले अनुसन्धान परियोजनाका सम्पूर्ण उद्देश्य पुराभएको जानकारी गराउने उद्देश्यले आयोजित वर्कसप मा यस वारेमा जानकारी गराइएको हो । परियोजनका वारेमा संक्षिप्त जानकारी गराउदै परियोजना संयोजना डा.सुवोध ढकालले चुरे क्षेत्रका अत्यन्तै संवेदनशिल क्षेत्रमा गएको पहिरो तथा भूक्षयको पहिचान गरी अति जोखिममा रहेका पहिरो र भूक्षयलाई रोकथाम गर्ने प्राबिधिक डिजाईन तयार गरिएको वताउनुभयो। उहाले अनुसन्धानमा भूउपग्रहिय नक्साको विश्लेषण, जिआईएक विश्लेषण र नक्साङ्कन जस्ता अनुसन्धान विधिहरु प्रयोग गरेको बताउनुभयो ।

अनुसन्धानले चुरे क्षेत्रको १२ वटा जिल्लाको जलाधार क्षेत्रको पहिरोको अवस्थाको नक्सा र जिआइएस डाटावेससमेत तयार पारेको छ । अनुसन्धानले १२ जिल्लामा जम्मा ७ हजार ३ सय ७७ वटा पहिरोहरु पत्ता लगाएको छ भने मुख्य दुई हजार भन्दा वढि पहिरोको प्रकार, भौगर्भिक चरित्र, सतही र जमिन मुनिको पानीको अवस्था, चट्टानको प्रकार र अवस्था, भिरालोपन र यसको मोहडा, पहिरोलाई उक्साउने मानविय क्रियाकलाप र खोलाहरुको अवस्थाबा वारेमा समेत महत्वपूर्ण अनुसन्धान गरेको छ ।

कार्यक्रममा विभागिय प्रमुख प्रा.डा केदार रिजालले कार्यक्रमको उद्देश्यका वारेमा जानकारी गराउनुभएको थियो भने राष्टपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष विरेन्द्र यादवले अनुसन्धानले चुरे क्षेत्रका विभिन्न सम्भाव्यताका वारेमा समेत जानकारी दिइएकोले चुरे क्षेत्रको समग्र नीति निर्माणका लागी एउटा महत्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news