Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त सम्पन्न ।

(Last Updated On: January 2, 2018)

त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त सम्पन्न भएको छ ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न दीक्षान्त समारोहमा ६० आंगिक क्याम्पस र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसहरुबाट स्नातक, स्नातकोत्त,एमफिल र विद्यावारिधि तह उत्तीर्ण गरेका ६८ हजार २ सय ९२ विद्यार्थीहरु मध्ये ८ हजार २ सय ६७ विद्यार्थीहरु उपस्थित भएका थिए ।

43rd-Covocation-of-Tribuvan-University

दीक्षान्त समारोहलाई सम्वोधन गर्दै त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देशको समग्र विकाका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिविले खेलेको महत्वपूर्ण भूमिको पं्रशसा गर्नुभयो । मुलुकको जोठ विश्वविद्यालयको रुपमा यसले शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै मुलुकको कल, संस्कृति र परम्पराको संरक्षण एवं ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविले महत्वपूर्ण काम गर्दै आइरहेको बताउनुभयो ।

मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतक प्रशासनिक एवं सामाजिक व्यक्त्वि त्रिविले नै उत्पादन गरेको स्मरण गराउदै शिक्षाक्षेत्रमा देखिएका असमानता हटाई समतामुलक सर्वसुलभ शिक्षाको पुहच बनाउन राज्यले आवश्यक पहल गरिनैरहने बताउनुभयो ।

समारोहमा त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गोपालमात्र श्रेष्ठले वदलिदो परिस्थितिमा देश विकासमा सहयोग गर्ने विश्ववाजरमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा निति र कार्यक्रम आजको आवश्यकता भएकोले त्यसका लागि सामुहिक प्रयत्नको थालनी त्रिविबाटै हुनुपर्ने बताउनुभयो ।

४३ औं दीक्षान्तका प्रमुख अतिथि जवाहरलाल नेहर विश्वविद्यालयका उपकुलपति प्रा.एम जगदिश कुमारले विश्वमा परिवर्तित सन्र्दभमा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धी विद्यार्थी निर्माणको लागी गुणस्तरीय पाठ्यक्रम तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालको मौलिक संस्कृति एवं मिठासपूर्ण भातृत्ववाट आफुलाई ठूलो प्रेरणा मिलेको भन्दै विश्वलाई शान्त सौम्य र प्रगतिशिल बनाउन सामुहिक प्रयत्न हुुनुपर्ने बताउनुभएको थियो ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले दीक्षान्त समारोहमा उपस्थति विद्यार्थी एवं अतिथिहरुलाई स्वागत गर्दै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गरि राष्ट्रका लागि आवश्यक पर्ने जनशक्ति उप्तादनको आवश्यकता तथा विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रिय मापदण्ड अनुुरुप त्रिविले विभिन्न अध्ययन संस्थान,सङ्काय एवं अनुसन्धान केन्द्रका शैक्षिक अनुसन्धान कार्यलाई व्यवस्थित गरिरहेको जानकारी गराउनुभयो । उच्च शिक्षामा देखिएको भूमण्डलीकरण प्रक्रियाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी वातावरण सिर्जना भएको भन्दै उच्च शिक्षाको गुणस्तर कायम गर्न विश्वविद्यालयहरु सहसम्वन्धमा आवद्ध हुनु आवश्यक रहेको बताउनुभयो ।

आगामी दिनमा त्रिविले अझ वढि क्रियाशीलता सहित प्रस्तुत भई देशको उच्च शिक्षाको उत्तरोत्तर विकास तथा प्रबद्र्धनमा टेवा पु¥याउने नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको समेत बताउनुभएको थियो ।

दीक्षान्त समारोहमा विभिन्न संकाय र अध्ययन संस्थान वाट विद्यावारिधि उपाधि हासिल गर्ने ६२ जनालाई कुलपति एवं प्रधानमन्त्री देउवाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने विश्वविद्यालयले स्थापना गरेको विभिन्न पदक एवं पुरस्कार बाट ३१ जना विद्यार्थी सम्मानित भएका थिए ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news