Sign Into Mailbox

त्रिवि उपकुलपति अमेरिकी विश्वविद्यालयमा दीक्षान्तको प्रमुख अतिथी

(Last Updated On: December 11, 2017)

काठमाडौ । मंसिर २०
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनिया अमेरिकाको युर्निभर्सिटी अफ सेन्टर मिसौरीको दीक्षान्त समारोहमा प्रमुख अतिथीको रुपमा दीक्षान्तलाई सम्वोधन गर्न विहिवार अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।
अमेरिकाको मिसौरी राज्यमा अवस्थित युर्निभर्सिटी अफ सेन्टर मिसौरीमा डिसेम्वर ९ मा आयोजित दीक्षान्त समारोहलाई उपकुलपति प्रा.डा खनियाले सम्वोधन गर्नुहुने भएको हो । मिसौरीको विशेष आमन्त्रणमा हुन लागेको भ्रमणमा उहाँले त्रिवि र युनिभर्सिटी अफ सेन्टर मिसौरी सँग भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयनको प्रारम्भ समेत गर्नुहुने भएको छ । साथै भ्रमणको क्रममा युनिभर्सिटी अफ सेन्टर मिसौरीका पे्रेसिडेन्ट चार्स एम्वोर्स लगायतका डिन एवं फ्याकल्टीहरुसमेत सँग द्धिपक्षिय शैक्षिक सहयोग आदान प्रदान, अनुसन्धान र नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका बारेमा महत्वपूर्ण कुराकानी गर्नुहुने भएको छ । उहाँले त्रिविले भर्खरै मात्र अवलम्वन गरेको क्रेडिट ट्रान्सफरका सन्र्दभमा अमेरिकी विद्यार्थीहरुले नेपालमा आएर र नेपाली विद्यार्थीले अमेरिका मा गएर आफनो शैक्षिक उपाधि हासिल गर्न सक्ने व्यवस्थाको समेत आपैचारिक कार्यान्वयनको प्रारम्भ गर्नुहुने भएको छ ।
दीक्षान्त समारोहमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा.ऋदिश कुमार पोखरेल का साथै व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्मा समेतको उपस्थिति हुनेभएको छ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook

Social media & sharing icons powered by UltimatelySocial

Hit Counter by technology news