Sign Into Mailbox

त्रिविद्धारा राष्ट्रकवि माधव घिमिरे र साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावरिधि प्रदान

(Last Updated On: April 10, 2016)

special convo

काठमाडौं । चैत १
त्रिभुवन विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरि राष्ट्रकवि माधवप्रसाद घिमिरे र बरिष्ठ साहित्यकार इन्दबहादुर राईलाई मानार्थ महाविद्यावरिधी (डिलिट) उपाधि प्रदान गरेको छ ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त उपाधि प्रदान गर्नुभएको हो । नेपाली साहित्यको माध्यमवाट वाङमय साहित्य सिर्जनामा विशिष्ट योगदान पु¥याउन सफल राष्ट्रकवि माधव प्रसाद घिमिरे एवं प्रवासी नेपाली साहित्यका माध्यमवाट नेपाली भाषाको अन्तराष्ट्रियकरणमा महत्वपूर्ण योगदान गरेवापत दार्जिलिङ्ग निवासी वरिष्ट साहित्यकार इन्द्रबहादुर राईलाई उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महाविद्यावारिधिद्धारा सम्मानित हुनुहने राष्ट्रकवि माधव घिमिरे साहित्यिक व्यक्तित्वमात्र नभई स्वयंमा नेपाली साहित्यकको एउटा युग रहेको बताउनुभयो। नेपाली साहित्यका अत्यन्तै प्रभावशाली उचाईका व्यक्तिहरुलाई सम्मानित गर्न पाउदा अत्यन्तै हर्षविभोर भएको भन्दै उहाँले विश्वविद्यालयले महाविद्यावारिधि उपाधिद्धारा नेपाली वाङ्मयका दुई विशिष्ट विद्धानहरुलाई सम्मानित गर्ने अत्यन्तै प्रेरक एवं प्रशंसायोग्य काम गरेको समेत बताउनुभयो ।

कार्यक्रममा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले विशिष्ट व्यक्तित्वहरुको सम्मानमा सधै क्रियाशिलता हुनुपर्ने बताउनुभयो । नेपाली साहित्यमा राष्टकवि माधव घिमिरे र वरिष्ठ साहित्यकार इन्दवहादु राईले पु¥याएको योगदानको पं्रशसा गर्नुभएको थियो ।
विशेष दीक्षान्त समारोहमा त्रिविका पूर्व पदाधिकारी,वरिष्ठ प्राध्यापक एवं सरकारका महत्वपूर्ण निकायहरुको प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook