Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालयको विज्ञप्ति

(Last Updated On: April 28, 2015)

मिति २०७२ बैशाख १२ गते शनिबार दिउँसो ११:५६ बजे अकल्पनीय र आकस्मिकप्रकोपको रूपमाआएको प्राकृतिकभूकम्प र त्यसपछिका भूकम्पकीय प्रभावबाट हुनगएको जनधनको क्षतिप्रति त्रिभुवन विश्वविद्यालय परिवार गहिरो दुःख प्रकट गर्दछ । साथै घटनामा परी दिवंगतहुनुभएका स्वदेशी तथा विदेशी दिवंगतहरू प्रति त्रिभुवन विश्वविद्यालय परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । सो घटनामा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना  पनि गर्दछ । आकस्मिक प्राकृतिक प्रकोपमा परी जनधनगुमाउनु भएका सम्पूर्ण पीडित महानुभावहरू प्रति त्रिभुवन विश्वविद्यालय परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

उक्त घटनामा परी जनधनगुमाउनुका साथै पीडामा पर्न बाध्यहुनुभएकाहरूको राहतएवं उद्धार कार्यमा सहयोगकालागि जुट्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई त्रि.वि. कार्यकारी परिषद्को मिति २०७२।१।१४ गतेको आकस्मिक बैठकको निर्णयानुसार त्रिभुवन  विश्वविद्यालय हार्दिक अपिल गर्दछ ।

Please follow and like us:
0

Sign Up NewsLetter

Search the site

Follow us on Facebook