Sign Into Mailbox

हेड असिष्टेण्ट स्तरका कर्मचारीको तालिम सम्पन्न

त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण परिषद तथा समन्वय महाशाखाको अगुवाईमा त्रि.वि.सेवा आयोगद्धारा खुल्ला प्रतियोगितवाट उर्तिण हुन सफल हेड –असिष्ेटण्ट स्तरका कर्मचारीहरुका लागि दुई हप्ते सेवा प्रवेश तालिम यहि असार १९ गते शुरु भई श्रावण ३ गते सम्पन्न भएको छ ।

कार्यक्रममा त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले तालिममा प्राप्त ज्ञान एवं सिपलाई आफ्नो कार्यक्षेत्रमा प्रस्तुत गरी संस्थाको गुणस्तरमा प्रभावकारी भूमिका निर्वाह गर्न नवप्रवेशी कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो । यसैगरी त्रि.वि.का रजिष्ट्रार डिल्लीराम उप्रेतीले विविध असहजताका वावजुतपनि आफूहरुले नवप्रवेशी कर्मचारीहरुलाई तालिम सञ्चालन गरिएको भन्दै, स्थानिय स्तरका कर्मचारीलाई स्थानिय स्तरमै पदस्थापना गरिने बताउनुभयो । साथै उहाँले तालिममा प्राप्त अनुभवलाई व्यवहारमा लागु गर्न समेत अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र (सेडा)का कार्यकारी निर्देशक प्रा.डा.रामचन्द्र ढकालले तालिममा सहभागी ५१ हेड–असिष्टेण्ट स्तरका कर्मचारीलाई तामिलको प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिनुभएको थियो । भने तालिम संयोजक सह–प्राध्यापक राधेश्याम आचार्यले हेड असिष्टेण्ट स्तरका कर्मचारहरु भएपनि पर्याप्त शैक्षिक योग्यता हासिल गरेको एवं अनुभवी समेत भएका कर्मचारीहरु भएकाले संस्थाले दिर्घकालिन उपलब्धी हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook