Sign Into Mailbox

सेडाद्धारा एकदिने सेमिनार सम्पन्न ।

 

काठमाडौं । चैत १६
त्रिभुवन विश्वविद्यालय, आर्थिक तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)को आयोजनामा “Current Political Complexities, Economic Development Issues and Role of Research Center in Nepal” शीर्षकको एक दिने सेमिनार सम्पन्न भएको छ ।

देशको आर्थिक विकासमा राजनीतिक व्यवधान, राजनीतिक अन्योलता र संक्रमणले निम्त्याएको समस्या र यसको भरपर्दोसमाधानका सन्र्दभमा महत्वपूर्ण कार्यपत्रहरु प्रस्तुत भएको थिए । कार्यक्रमको पहिलो सत्रमा पूर्व गर्भनर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.युवराज खतिवडाले आर्थिक विकासको वर्तमान अवस्था र यसमा राजनीति नेतृत्वको भूमिकाको वारेमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले राजनीतिक स्थायीत्व सँगै आर्थिक विकासले तिव्ररुप लिन सकेमात्र लोकतन्त्र वढी चिरस्थायी हुनसक्ने विचार व्यक्त गर्नुभएको थियो ।

सेमिनारमा पूर्व अर्थ सचिव रामेश्वर खनालले आर्थिक लक्ष्य हासिल गर्न राजनीतिक क्षेत्रको भूमिकाका बारेमा संक्षिप्त कार्यपत्र प्र्रस्तुत गर्नुभएको थियो । उहाँले स्थिर आर्थिक वृद्धिद्धरको लागी राजनीतिक स्थायित्वको अपरिहार्यताका बारेमा प्रकाश पार्नुभएको थियो ।

यसैगरी कार्यक्रममा डेनमार्कका लागि नेपाली पूर्वराजदुत डा. विजयकान्त कर्ण,राजनीतिक शास्त्रका अनुभवी प्राध्यापक यज्ञप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोजका पूर्वउपाध्यक्ष मोहनमान सैंजु , राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रविन्द्र कुमार शाक्य एवं सेडाका कार्यकारी निर्देशक डा.अरुण ठाकुर लगायतले आर्थिक विकास,राजनीतिक समस्या एवं त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको वर्तमान अवस्था र भावी गन्तव्यका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook