Sign Into Mailbox

सहायक कम्प्युटर अपरेटरहरुको तालिम सम्पन्न ।

काठमाडौ। भदौ १
त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण परिषदको संलग्नतामा त्रि.वि. सेवा आयोगवाट खुल्ला प्रतियोगितावाट उर्तिण भएका नवप्रवेशी सहायक–कम्प्युटर अपरेटरहरुलाई मिति २०७२ श्रावण २७ गतेदेखि भदौ १ गतेसम्म १ हप्ता सेवाप्रवेश तालिम दिइएको छ ।
समापन कार्यक्रमा सेवामा प्राविधिको बलियो उपस्थिति पार्नुका साथै दैनिक कार्य सञ्चालन छिटो,छरितो एवं व्यवस्थित गर्नका लागी सहायक कम्प्युटर अपरेटरहरुको भूमिका महत्वपूर्ण हुने त्रि.वि.का रजिष्ट्रार डिल्लीराम उप्रेतीले बताउनुभयो । प्रविधिको प्रयोगमा ढिलाई गर्दा संस्था नै समायानुकुल हुन कठिनाई भएको कप्युटर सेवालाई प्रवेश गराईको उहाँले बताउनुभयो । कार्यक्रममा संक्षिप्त टिप्पणी राख्नुहुदै कप्युटर विज्ञान तथा सुचना प्रविधि केन्द्रीय विभागका प्रमुख नवराज पौडेलले सहायक कम्प्युटर अपरेटरहरुमा निहित ज्ञानलाई सहि सदुपयोग गर्न सके त्रिविले प्रविधिमा गुणात्मक प्रतिफल प्राप्त गर्ने बताउनुभयो । साथै कार्यक्रममा समन्वय महाशाखा प्रमुख दामिनी बैद्यले तालिम कार्यक्रम आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook