Sign Into Mailbox

विशेष आवश्यकता शिक्षा सम्वन्धि सेमिनार सम्पन्न ।

IMG_2158

पौष १० । काठमाडौं

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय र चाङवाङ नेसनल युनिभर्सिटी कोरियाको संयुक्त आयोजनामा विशेष आवश्यकता शिक्षा सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षामन्त्रालय,शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोजन,शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुर एवं विभिन्न विशेष आवश्यकता शिक्षासँग सम्वन्धित संघसंस्थाको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता र नेपालको शैक्षिक गतिविधीमा विशेष आवश्यकता शिक्षाको अवस्थाका वारेमा कार्यपत्रहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले विशेष आवश्यकता शिक्षाको आवश्यकता वालशिक्षादेखि उच्चशिक्षा सम्म रहेको भन्दै नितीगत तहसम्म यसका वारेमा पर्याप्त गृहकार्य हुनु जरुरी रहेको भन्दै चाङवाङ नेसनल युनिभर्सिटीले उपलब्ध गराएको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विशेष आवश्यकता शिक्षाका विज्ञ एवं Leading University Project for International Cooperation का निर्देशक Prof.Dr. Dae Young Jung ले नेपालका शारिरिक रुपमा अशक्त भएका वालवालिकाहरुले पनि अन्य विद्यार्थी सरह अध्ययन गर्न पाउनुपर्ने भन्दै विशेष आवश्यकता शिक्षाको माध्यामवाट कमजोर शारिरिक एवं मानसिक अवस्था भएका विद्यार्थीहरु समेतलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने धारणा व्यक्त गर्नभएको थियो । करिव २० वर्षदेखि अपाङगता भएका विद्यार्थीहरुलाई नियमित अध्यापन गराउदै यस क्षेत्रमा संलग्न रहनुभएका एचया।म्च। म्बभ थ्यगलन व्गलन ले नेपालमा आफुले विशेष आवश्यकता शिक्षा अध्यापन गराउने एउटा विद्यालय समेत खोल्ने इच्छा रहेको धारणा समेत व्यक्त गर्नुभएको थियो ।

हाल त्रिविले विशेष आवश्यकता शिक्षा सन्र्दभमा शिक्षाशास्त्र केन्द्रीय विभागमा एम.एड र सानोठिमी क्याम्पसमा विए एड संचालनमा ल्याएको छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook