Sign Into Mailbox

विशेष आवश्यकता शिक्षा योजनावद्ध रुपमा लागु गर्दै लैजाने ।

krishna1
त्रिभुवन विश्वविद्यालय,शिक्षशास्त्र संकाय,शिक्षा मन्त्रालय र चाङ्गवान नेशनल युनिभर्सिटीको संयुक्त पहलमा हालै एक कार्यशाला गोष्ठ (वर्कसप) आयोजना गरि विभिन्न किसिमका अपाङ्गगता भएका विद्यार्थीहरुलाई शैक्षिक अवसर उपलब्ध गराउने दीर्घकालिन योजना (मास्टर प्लान)का बारेमा बृहद छलफल एवं राय सुझाव संकलन गर्ने काम भएको छ ।
दक्षिण कोरियाको प्रसिद्ध चाङ्गवाङ्ग विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाको विकासका लागी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्र्तगत स्नातकोत्तर र स्नातक दुवै तहमा अध्यापन सञ्चालन गरिसकेको छ । मुलुकका सम्पूर्ण अपाङ्गगता भएका विद्यार्थीहरुलाई पढन पाउने अधिकार जुन नेपालको संविधान २०७३ मै ग्यारेन्टी गरिएको छ त्यसका लागी अपाङ्गगता सम्बन्धि क्रियाशिल संघसस्थाहरु समेतको सहयोगमा राज्यलाई नै दिशानिर्देश गर्ने एउटा महत्वपूर्ण मास्टर प्लान निर्माण गर्ने सहमति भएलगत्तै अब विशेष आवश्यकता शिक्षालाई सरकारले आफ्नो कार्ययोजना भित्रै नै समावेश गर्ने भएको छ ।
हालसम्म सहभागितामुलक शिक्षा अन्तर्गत विशेष आवश्यकता शिक्षालाई पनि समेटेको कारण विधि प्रकारका अपाङ्गता भएका विद्यार्थीहरु पढनपाउने आधारभूत अधिकारवाट समेत बञ्चित भइरहेका छन । अपाङ्गगता भएका विद्यार्थीको पढनपाढनका लागी नेपालकै जिम्मेवार संघ संस्थाले जिम्मेवारी लिएर यसलाई अनिवार्यरुपमा गर्नुपर्ने महत्वपूर्ण मानविय सेवाको रुपमा अघि वढिरहोस भन्ने आफनो अपेक्षा रहेको विशेष आवश्यकता शिक्षामा लामो समय आफ्नो जिवनविताएका विशेष आवश्यकता शिक्षाका प्राध्यापक जेङ देइ योङले बताउनुभयो । नेपालमा धेरै अपाङ्गगता भएका वालवालिकाले उपयुक्र अवसर प्राप्त गरेको भविष्यमा आफ्नो जिवन सरल र सहज बनाउन सक्ने उहाँको धारण रहेको छ ।
सरकारलाई विशेष आवश्यकता शिक्षाको वोध गराउनुका साथै अध्ययन÷अध्यापन गराउने भविष्यमा विश्वविद्यालयवाट उर्तिण हुने विशेष आवश्यकता शिक्षा अध्ययन गरेका विद्यार्थीका लागी रोजगारीका निम्ति नेपाल सरकार शिक्षामन्त्रालय समक्षा पहल गरिरहेको विशेष आवश्यकता शिक्षामा प्राध्यापनरत प्रा.डा.अरविन्द लाल भोमीले बताउनुभयो । भक्तपुरको नगरकोटमा आयोजना गरिएको मास्टर प्लान सम्वन्धि वर्कसपमा दक्षिण कोरियाको विशेष शिक्षा सम्वन्धि महत्वपूर्ण संस्था नेसनल इस्टिच्युट अफ स्पेसल एजुकेशमा आवद्ध नेहोनले दक्षिण कोरियामा विशेष आवश्यकता शिक्षाको अवस्था के छ र कसरी विशेष आवश्यकता शिक्षा संचालनमा रहेको छ भनेर एउटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी शिक्षामन्त्रालयको तर्फवाट सहभागितामुलक शिक्षा शाखामा उप–निर्देशका रुपमा कार्यरत गणेश पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मास्टर प्लानमा विशेष आवश्यकता शिक्षालाई नेपालको सन्र्दभमा कसरी योजनावद्ध ढंगले लागु गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook