Sign Into Mailbox

विशेष आवश्यकता शिक्षाको लागी मास्टर प्लान बन्दै ।

IMG_6544

 

काठमाडौ।

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय, नेपाल सरकार शिक्षा मन्त्रालय एवं चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालयको संयुक्त आयोजनामा विशेष आवश्यकता शिक्षाको लागी मास्टर प्लान बनाउने विषयमा राष्ट्रिय सेमिनानर सम्पन्न भएको छ ।

विभिन्न प्रकारका अपाङ्गगता भएका विद्यार्थीहरुको लागी विशेष प्रकारको विशेष प्रकारको शिक्षा आवश्यक हुने र विशेष शैक्षिक सामग्री एवं अध्ययन÷अध्यापन प्रणालीको मात्रै उक्त शिक्षा प्रदान गर्न सकिने अन्तरष्ट्रिय प्रयोग नेपालको सन्र्दभमा अत्यन्तै आवश्यक भएकोे सेमिनारको निष्कर्ष रहेको छ । विश्वमा विभिन्न मुलुकले विभिन्न प्रकारका अपांगता भएका विद्यार्थीहरुलाई छुट्टै विद्यालय नै स्थापना गरेर शिक्षा प्रदान गरिरहेको भएता पनि नेपालमा यसप्रकारका विद्यालयहरु खासै स्थापना हुन सकेका छैनन् ।

अव नेपालमा पनि विशेष आवश्यकता शिक्षा लागु हुने भएसँगै विशेष आवश्यता शिक्षाका विद्यालयहरु खुल्नुका साथै विभिन्न प्रकारका अपाङ्गगता भएका विद्यार्थीहरुले पनि शिक्षा आर्जन गर्ने अवसर प्राप्त गर्ने भएकाछन । जसको लागी नेपाल सरकार,त्रिभुवन विश्वविद्यालय र कोरिया स्थित चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालय मास्टर प्लान बनाउन लागिपरेको छन ।
त्रिभुवन विश्वविद्यालयले कोरीयाको चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालय सँगको सहकार्यमा कीर्तिपुरमा एम.एड (विशेष आवश्यकता शिक्षा) र वि.एड (विशेष आवश्यकता शिक्षा) कक्षा संचालन गरिसकेको छ । जसवाट विशेष आवश्यकता शिक्षाका लागी आवश्यक पर्ने शिक्षकहरु उत्पादन हुने अपेक्षा गरिएको छ

राष्ट्रिय सेमिनारलाई सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा.डा कृष्ण प्रसाद गौतमले विशेष आवश्यकता शिक्षा मुलुककै आवश्यकता भएको भन्दै कुनैपनि अपाङ्ग विद्यार्थीले पढ्न पाउने अवसरवाट बञ्चित हुनु नहुने भन्दै उहाँले सरकार र विश्वविद्यालयले विशेष आवश्यकता शिक्षालाई विशेषः प्राथमिकता दिन लागिरहेको बताउुभयो । कार्यक्रममा चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालयका प्रा. जङ्ग देइ योङ्गले विशेष आवश्यकता शिक्षा नेपालको लाई अत्यन्तै आवश्यक भएको भन्दै सम्वन्धित निकायलाई छिट्टै मास्टर प्लान बनाएर काम शुरु गर्न सुझाव दिनुभयो । लामो समयदेखि चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालयमा अध्यापनरत प्रा.डा योङ्ग विशेष आवश्यकता शिक्षाका एक विशेषज्ञ हुनुहुन्छ । कार्यक्रममा शिक्षामन्त्रालयका सह–सचिव वैकुण्ठ अर्यालले विशेष आवश्यकता शिक्षालाई समावेशी शिक्षा नितिले सम्वोधन गरेको भन्दै नेपाल सरकार अपाङ्गगता भएका विद्यार्थीको पढन पाउने अधिकारका निम्ति सचेत भएको बताउनुभयो ।

कार्यक्रममा केरियको राष्ट्रिय स्र्पोट्स विश्वविद्यालयका प्रा.डा.किम योन कुुयङ्गले उक्त विश्वविद्यालयमा विशेष आवश्यकता भएको विद्यार्थी एवं खेलाडीलाई कसरी प्रशिक्षित गरिएको छ र कोरियामा कसरी विशेष आवश्यकता शिक्षालाई कानुनमै उल्लेख गरि कार्यान्वयन गरिएको छ भन्ने सन्र्दभको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विशेष आवश्यकता शिक्षामा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा वासुदेव काफ्लेले विशेष आवश्यकता शिक्षामा बन्दै गरेको मास्टर प्लानका सन्र्दभमा के कति काम भइरहेको छ र कसरी अघि वढ्नु भन्ने विशेषवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा.रामप्रसाद खतिवडा,त्रिविका विभिन्न अध्ययापनरत एवं कोरियमा अध्ययनरत शिक्षकहरु एवं शिक्षामन्त्रालयका विभिन्न महाशाखाका प्रतिनिधिहरु उपस्थिति हुनुहुन्थ्यो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook