Sign Into Mailbox

मुलुकको आवश्यकता हो सम्वन्धन ।

त्रिवि सम्बन्धनमा विषयमा विभिन्न पत्र–पत्रिकामा प्रकाशित समाचार प्रति  त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण भएको छ ।  मुलुककै मर्यादित एवं जिम्मेवार शैक्षिक निकाय साथै ८७ प्रतिशत भन्दा बढि उच्चशिक्षाको जिम्मेवारी ग्रहण गरेको यस शैक्षिक सस्थाले मुलुकको आवश्यकता अनुरुप आफनो शैक्षिक कार्यक्रम तय गर्ने गरेको सवैमा विदितै छ । पछिल्लो समयमा इन्जिनियरिङ्ग शिक्षामा बढ्दो विद्यार्थी आर्कषण र देशमा सक्षम दक्ष इन्जिनियर निर्माण गर्नुपर्ने आवश्यकताका कारण शिक्षा मन्त्रालयवाटLetter of Interest (lOT) प्राप्त सस्थांहरुसँग पारदर्शी शर्तहरु का आधारमा Expression of Interest माग गरिएको हो । पारदर्शी प्रक्रियवाट अगाडि वढेको सस्थालाई कपोलकल्पीत रुपमा आपरोपित गर्नु न्याय संगत हुदैन । राज्यको चौथो अंगले जिम्मेवार भएर तथ्यसत्य समाचार सम्पेषण गरी  जनतालाई सुसुचित गर्नु हुन त्रि.वि अनुरोध गर्दछ । यथार्थ सुचना प्राप्त गर्न पाउने जनताको अधिकारको रक्षा हुनु पर्दछ  भन्ने मान्यता त्रि.वि.को रही आएको छ । त्रिवि आफना मातहतका सवै निकायहरुमा समन्वय कायम गरेरै नै आजसम्म अगाडि आएको हो र यो परम्परा काम रहने छ । यस प्रति कुनै शकां नगर्न र पत्रिव सस्थामा आँच पुग्ने काम कहि कतैबाट नहुने कुरामा विश्वास दिलाउन चाहान्छौ ।

त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर

Sign Up NewsLetter

Search the site

Follow us on Facebook