Sign Into Mailbox

महत्वपूर्ण निर्णय गर्दै त्रिवि साधारण सभा सम्पन्न ।

काठमाडौं । असार २६
त्रिभुवन विश्वविद्यालय साधारण सभाको वैठक त्रिविको बार्षिक बजेट,नीति तथा कार्यक्रम एवं नियमावलीहरु पारित सँगै महत्वपूर्ण निर्णयहरु गरी सम्पन्न भएको छ ।

साधारण सभाको बैठक २०७३÷०७४ को लागी १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाको बजेट पारित गरको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको साधारण सभाको वैठकले त्रिविको निति तथा कार्यक्र र वार्षिक बजेटका साथै त्रिविको आर्थिक व्यवस्थापन तथा सञ्चय कोष सम्वन्धी नियम २०५० को नामलार्य र निमयममा उल्लेखित कुराहरुलाई सार्वजनिक खरिद ऐन,२०६३ तथा निमयावली २०६४ बमोजिम तयार भएको संशोधिन निय, संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम,२०५०, विकेन्द्रीकरण सम्वन्धी नियम २०५५ मा समेत संशोधन प्रस्ताव पास गरेको छ ।

यसैगरी सभाले सङकायका डीनहरुमध्येवाट त्रिवि कार्यकारी परिषद्को सदस्यमा कानुन संकायका डिन प्रा.डा.ताराप्रसाद सापकोटालाईे मनोनयन गरेको छ । साथैे त्रिवि पुनरावेदन आयोगका अध्यक्षमा विश्वनाथ जोशी मनोनित हुनुभएको छ । आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय समेत सभाले गरेको छ । यसैगरी सभाले त्रिविको स्थापनाको क्रमसँगै विभिन्न समयमा त्रि.वि.लाई जग्गा,आर्थिक लगायत अन्य सहयोग गर्नु हुने महत्वपूर्ण दाताहरुको विवरण संकलनगरी सम्मान गर्ने स्वीकृति समेत प्रदान गरेको छ ।

त्रिवि सभाको साधारण वैठकलाई सम्वोधन गर्दै त्रिविका कुलपति एवं प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुकको समग्र विकासका लागी त्रिभुवन विश्वविद्यालयले अतुलनिय योगदान पु¥याएको बताउनुभयो । त्रिविमा शैक्षिक एवं प्राज्ञिक वातावरणको निर्माण गर्दै अभिभावकिय भूमिका निर्वाह गर्न सरकार तत्पर रहेको भन्दै उहाँले मुलुकलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न त्रिविले महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने समेत बताउनुभयो । त्रिविलाई मुलुककौ रोलमोडलको रुपमा अगाडि वढाएर यसको महत्व र गरिमालाई उच्च राख्न सम्पूर्ण प्राध्यापक एवं सम्वन्धित निकायले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा समेत कुलपति एवं प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको थियो । उच्चशिक्षामा पर्याप्त बजेट छुट्याउन नसकेको भन्दै उहाँले सरकारका पनि आफ्ना वाध्यता र परिधि रहेको विचार व्यक्त गर्नुभयो । विश्वविद्यालयको भूमिका र जिम्मेवारी ठूलो भएकोले मुलुकको आवश्यकता एवं परिवर्तित शैक्षिक व्यवस्था एवं प्रणालीमा सुधार गर्नुपर्छ भन्ने उहाँको मुख्य दृष्टिकोण रहेको थियो ।

त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणी पोखरेलले समयसान्दर्भिक उच्चशिक्षा मुलुकको अपरिहार्य आवश्यकता रहेको भन्दै त्रिविले व्यवस्थापनमा देखिका चुनौतीहरुलाई समाधान गर्दै परिवर्तित एवं व्यवस्थापकिय संरचना अगाल्दै आर्थिक एवं प्रशासनिक क्षेत्रमा देखिएका विद्यमान चुनौर्ती चिर्दै अघि वढनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

त्रिविले उच्चशिक्षाको क्षेत्रमा खेलेको शिर्षस्थ भूमिका एवं पछिल्ला समयमा त्रिविले अवलम्वन गरेको रणनीति एवं भावी कार्यदिशाका वारेमा जानकारी गराउदै त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिविले भौतिक सुविधाको अधिकतम प्रयोग गर्ने,वहुपक्षीय स्रोत परिचालन गरी शैक्षिक संस्थाहरुको आर्थिक जग बलियो बनाउने, प्रविधिको प्रयोग र पेशागत रुपमा शिक्षकलाई दक्ष बनाई अधिकतम समय आफनो कार्य क्षेत्रमा रहेर काम गर्न सक्ने वातावरणको निर्माण गर्ने, अनुसन्धानमा आधारित प्रशासन र कार्यक्रमहरुको संचालन गर्ने, विश्वका उत्कृष्ट विश्वविद्यालयहरुसँग साझेदारीमा कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले केन्द्रीय विभागहरुलाई उत्कृष्टताको केन्द्रको रुपमा परिणत गर्दै लैजान केन्द्रीय भिवागहरुमा शिक्षण सेवा प्रवेशका लागी एमफिल र विद्यावारिधी(पिएचडी)लाई प्राथमिकता दिने बताउनुभयो ।

हाल त्रिवि परिसरलाई फ्रि वाइफाई जोनमा परिणत गरिएको जानकारी गराउदै उपकुलपति प्रा.डा.खनियाले शैक्षिक कार्यतालिका निर्माण गरेर त्रिविले ३ महिनामा परीक्षाको नतिजा प्रकाशित गर्ने व्यवस्था गरेको बताउनुभयो । पछिल्लो समयमा त्रिविको भौतिक सम्पति,स्वायत्तता र अस्मितामाथी आचँ आउने गरी एकतर्फीरुपमा गरिएका निर्णयहरु अस्विकार्य भएको बताउदै आगामी दिनमा पनि त्रिविले पु¥याएको योगदानको बहुपक्षीय मूल्यांकन गर्दै त्रिविसँग समन्वयनै नगरी लिइएका निर्णयहरुमा पुनरावलोकन गर्न समेत कुलपति मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्नुभएको थियो ।

सभाको संचालन त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले गर्नुभएको थियो भने त्रिविका रजिष्ट्रार डिल्लीराम उपे्रतीले आर्थिक वर्ष २०७३÷०७४को बजेट प्रस्तुत गर्नुभएको थियो । साथै त्रिविका कुलपति एवं प्रधानमन्त्री केपीशर्मा ओलीद्धारा त्रिवि उपकुलपतिको कार्यालयको शिलान्यास समेत भएको छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook