Sign Into Mailbox

मनमोहन कार्डियो सेन्टर आठौं बर्षमा ।

वैशाख १३
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आठौं बार्षिक दिवस समारोह सम्पन्न भएको छ ।

आठौं वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले हरेक नेपाली नागरीकले सरल र सहज रुपमा स्वास्थ्य उपचार प्राप्त गर्नुपर्ने बताउनुभयो ।

मनमोहन कार्डियो सेन्टरलाई शुभकामना दिदै देशकै एक उदाहरणिय अस्पतालको रुपमा आफूलाई अब्बल दर्जामा राखेकोमा वधाई समेत व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रका सम्पूर्ण वेतिथीलाई सफा गर्दै आफू गरेका नागरिकलाई स्वस्थ बनाउने अभियानमा लागि परेको समेत बताउनुभयो । उहाँले शिक्षामन्त्रालय र स्वास्थ्य मन्त्रालय विचका आसपी समन्वय र समझदारीवाट मात्रै चिकित्साशिक्षा र स्वास्थ्य दुवैमा उपलब्धी हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गदै त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले मनमोहन कार्डियो सेन्टरले त्रिविको इज्जत र गरिमलाई जोगाएको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले मनमोहनको नाममा निर्माण भएको यस सेन्टरले आफूलाई मनमोहन अधिकारी जस्तै निवास्र्थ भएर अघि वढ्न सकेको मा शुभकामना व्यक्त गर्दै त्रिविका तर्फवाट आगामि दिनमा सकेजति सहयोग गर्न आफूहरु तत्पर रहेको समेत बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै चिकित्साशास्त्र संकायका डिन प्रा.डा. जगदिश अग्रवालले चिकित्साशास्त्रको सुधारका लाई सरकार र त्रिवि दुवै सचेत हुनुपर्ने बताउदै पछिल्लो समयमा चिकित्सक एव. अन्य मेडिकल स्टार्फको दरवन्दी कमभएकोमा त्रिवि पदाधिकारी समक्ष ध्यानाकर्षण गराउनुभयो ।

चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन प्रा.डा अरुण सायमीले देशका विशिष्ट व्यक्तित्वहरुको नामवाट निर्माण भएको विभिन्न स्वास्थ केन्द्रहरुका कारण त्रिवि शिक्षण अस्पताल महाराजगंज आफूलाई तिर्थस्थल जस्तो लाग्ने बताउनुभयो । छोटै अवधिमा मनमोहन कार्डियो सेन्टरले प्राप्त गरेको प्रतिष्ठा र उपलब्ध सराहनिय भएको भन्दै आगामी दिनमा पनि यसरीनै आफ्नो गतिशिलता कायम गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

वरिष्ठ चिकित्सक प्रा.डा.भगवान कोइरालाले चिकित्साक्षेत्रमा विविध चुनौति रहेको भन्दै आपसी सहकार्य र समन्वयमा सम्पूर्ण अप्ठ्यारालाई सहजै पार लगाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकुमार श्रेष्ठले सेन्टरले एकवर्षको अवधिमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धी एवं प्रदान गरिएको सेवाको वारेमा जनकारी गराउनुभएको थियो । उहाँका अनुसार सेन्टरले एक वर्षको अवधिमा १९ सय विभिन्न किसिमका सर्जरी गरिसकेको र फार्मेसीवाट मात्रै रु ५ करोड आर्जन गरिसकेको वताउनुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook