Sign Into Mailbox

भूकम्पीय क्षति पुनर्निर्माण कोष स्थापना गरिएको सूचना

त्रिभुवन विश्वविद्यालय
त्रि.वि.भूकम्पीय क्षति पुनर्निर्माण कोष
स्थापना गरिएको सूचना

मिति २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पीय प्रभावबाट त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका निकायहरुमा ठूलो संरचनागत क्षति भएकोले सोको पुनर्निर्माणका लागि रु.१५० करोडको “त्रि.वि.भूकम्पीय पुनर्निर्माण कोष” स्थापना गर्ने लक्ष्यका साथ नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा खाता नं. ४५–१०–८४१७३ स्थापना गरिएको छ ।

१. उक्त कोषमा त्रि.वि.का पदाधिकारीहरु, त्रि.वि.केन्द्रीय कार्यालयका महाशाखा प्रमुख, कार्यालय प्रमुखहरुको एक महिनाको तलव रकम र त्रि.वि.को स्थायी/अस्थायी/करार सेवामा कार्यरत शिक्षकहरु र अधिकृतस्तरका कर्मचारीहरुका तर्फबाट १० दिनको तलव रकम र त्रि.वि.का स्थायी/अस्थायी/करार सेवामा कार्यरत अधिकृत स्तरभन्दा मुनिका कर्मचारीहरुको एवं प्रशिक्षकहरुको ५ दिनको तलव रकम कट्टा गरी जम्मा गर्ने निर्णय गरिएको छ ।

२. उक्त कोषमा रकम जम्मा गर्नको लागि त्रि.वि.का शिक्षक, कर्मचारी, अलुम्नाइ, अन्तर्राष्ट्रिय/राष्ट्रिय संघ संस्था, शिक्षाप्रेमी, समाजसेवी महानुभावहरुलाई अनुरोध गरिन्छ ।

३. त्रि.वि.बाट सम्बन्धनप्राप्त सबै क्याम्पसहरुलाई उक्त कोषमा यथाशक्य योगदान गर्नका लागि अनुरोध गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय पुनर्निर्माणको यस चुनौतिपूर्ण अवस्थामा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तकहरुको सहयोग प्राप्त हुने विश्वास गर्दछ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook