Sign Into Mailbox

बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार स्थापना

काठमाडौं, साउन ११ गते । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी उत्तीर्ण हुने ४ जना विद्यार्थीलाई बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार प्रदान गर्न एक अक्षयकोष स्थापना गरिएको छ ।

दाताहरू आर.डी. प्रभास चटौत, वागीश्वरीदत्त चटौत र तारिणीदत्त चटौतले आफ्ना दिवंगत मातापिता बेलुदेवीविश्वेश्वर चटौतको नाममा उक्त पुरस्कार प्रदान गर्न १२ लाख ५ सय ५१ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त पुरस्कार मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत त्रि.वि.का आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा भाषा विज्ञान, पत्रकारिता र नेपाली विषयमा अध्ययन गरी परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने सम्बद्ध ३ जना र सोही संकायअन्तर्गत स्नातक तहको परीक्षामा अपाङ्ग विद्यार्थीमध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्ने एक जना गरी जम्मा ४ जना विद्यार्थीलाई सम्मानपत्रसहित जनही १२ हजार रुपियाँ प्रदान गरिने छ । सबै पुरस्कार २०७४ सालको त्रि.वि. दिवसदेखि प्रदान गरिने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा त्रि.वि. र दाताहरूबीच साउन ७ गते हस्ताक्षर सम्पन्न भएको छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook