Sign Into Mailbox

बनस्पतिशास्त्र केन्द्रीय विभागको स्वर्ण महोत्सव सम्पन्न ।

काठमाडौं । फागुन २८

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान वनस्पतिशास्त्र केन्द्रीय विभागले एक विशेष समारोह आयोजना गरि स्वर्ण महोत्सव सम्पन्न भएको छ ।

वनस्पतीशास्त्र केन्द्रीय विभागको आफ्नै परिसरमा आयोजित कार्यक्रमको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले गर्नुभएको हो । कार्यक्रममा उपकुलपति प्रा.डा.खनियाले वनस्पतिशास्त्र केन्द्रीय विभागले ५० औं बसन्तपार गर्दा गरेको उपलब्धीहरु अत्यन्तै महत्वपूर्ण रहेको र विश्वविद्यालयकै गरिमा वढाएको बताउनुभयो । त्रिवि भित्र एउटा उत्कृष्ट एवं व्यवस्थित केन्द्रीय विभागको रुपमा वनस्पतीशास्त्र केन्द्रीय विभाग रहेको भन्दै उहाँले आगामी दिनमा अझै राष्ट्रिय एवं अन्तराष्ट्रिय महत्वपूर्ण निकायहरुसँग निरन्तर सहकार्य गर्दै विषयगत विशिष्टता हासिल गर्दै जानेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

स्वर्ण महोत्सव समारोहमा वनस्पतिशास्त्र केन्द्रीय विभागलाई शुभकामना व्यक्त गर्नुहुदै त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा.ईश्वरचन्द्र दत्तले मुलुकलाई बनस्पतीशास्त्रको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै बिभागका विद्यार्थीहरु मुलुक एवं विश्वविद्यालयको नेतृत्वमा पुगिसकेको स्मरण गर्नुभयो । वनस्पतिशास्त्र विभागका गुणस्तरका संकेतहरुले अझै यस विभाग आगामी दिनमा अझै व्यवस्थित एवं गुणस्तरीय बन्ने बताउनुभयो । यस विभागलाई आवश्यक पर्ने उप–प्राध्यापकहरु केहि महिनामै पुरा हुने समेत बताउनुभएको थियो ।

बनस्पति र मानव जिवनका विच अत्यन्तै घनिष्ट सम्वन्ध रहेको भन्दै त्रिविका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले आगामी दिनमा अझै सफलताको शिखर चुम्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो भने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले केन्द्रीय विभाग विश्ववद्यिालयकै आकर्षण भएको भन्दै आगामी दिनमा विभागहरुको भौतिक एवं जनशक्ति विकासका लागी विशेष बजेटको समेत व्यवस्था गर्ने पक्षमा आफूहरु लागी परेको जानकारी गराउनुभएको थियो ।

वनस्पतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.प्रमोद कुमार झाले विभगका पछिल्ला गतिविधि एवं आगामी शैक्षिक एवं प्रशासनिक योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा त्रिविका निवर्तमान उपकुलपति प्रा.डा.हिराबहादुर महर्जन,पूर्वउपकुलपति एवं विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा.डा.कमलकृष्ण जोशी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन चिरिकशोभा ताम्राकार,बरिष्ठ वनस्पति विज्ञ प्रा.सरस्वती प्रसाद रिमाल, वनस्पतिशास्त्र केन्द्रीय विभागका उप आर्थिक नियन्त्रक शुकलाल श्रेष्ठ,वनस्पति समाजका का अध्यक्ष सुरेश पेनरु लगायतले स्वर्ण महोत्सव समरोहको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook