Sign Into Mailbox

दबावमा होइन गुणस्तरीयताका लागी सेमेस्टर

त्रिबि मुलुकमा गुणस्तरीय शैक्षिक दक्षजनशक्ति निर्माण गर्ने दायित्व वोकेको जिम्मेवार शैक्षिक संस्था हो । मुलुकको आवश्यकता अनुरुप शैक्षिक प्रणाली निर्धारण हुनेहुँदा वर्तमान परिपेक्ष्यमन गुणस्तरीयताको आवश्यकतालाई आत्मसात गर्दै  यसैवर्षदेखि विश्वविद्यालय क्याम्पसमा सेमेस्टर प्रणालीको  शुरुवात गर्ने भएको हो । कुनैपनि दातृनिकाय वा अन्यकुनैपनि पक्षको दबावमा सेमेस्टर लागू गर्न खोजेको होइन र गुणस्तरीयताका लागी त्रिविले कोहि कसैसँग सम्झौता पनि गर्दैन । व्यवहारिक शिक्षामा विशेष जोडदिदै अन्तराष्ट्रिय स्तरका सक्षम शैक्षिक जनशक्ति निर्माण गर्नु मुलुकको अपरिहार्य आवश्यकता रहेको हुँदा उक्त आवश्यकतालाई मनन गदै त्रिविले शैक्षिक गुणस्तरीयतामार्फत मुलुकका दक्षजनशक्ति निर्माण गर्नका लागी नै सेमेस्टर प्रणाली शुरुवात गर्ने भएको हो । सेमेस्टर प्रणालीमार्फत अनियमित विद्यार्थी कम हुने, शिक्षकहरुमा शैक्षिक उत्तरदायित्व वढ्ने,कक्षाकोठाको प्रभावकारीता वढने र उत्कृष्ट विद्यार्थी निर्माण गर्न सकिने हुँदा त्रिविले यो प्रणाली लागु गर्न खोजेको हो कोहि कसैको दवाव वा वहकाउमा लागेको होइन ।

त्रिभुवन विश्वविद्यालय
केन्द्रीय कार्यालय कीर्तिपुर

Sign Up NewsLetter

Search the site

Follow us on Facebook