Sign Into Mailbox

त्रि.वि.मा अन्तराष्ट्रिय समर कक्षा शुरु

oppening ceremony of Summer Class in Recast
त्रिभुवन विश्वविद्यालय, ब्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र इटालीको पादोभा विश्वविद्यालयको संयुक्त आयोजनामा”Environmental and Biodiversity Management in Nepal Himalaya” विषयक  को आरम्भ भएको छ ।

जैविक एवं वातावरणीय विविधताका विविध पक्षका वारेमा दुईवटै विश्वविद्यालयले अनुसन्धान गर्ने, विकास र अनुसन्धानका विषयमा आपसी सहकार्य र पारम्परिक सम्वन्ध विस्तार गर्ने,नेपालका सामुदायिक बनको वारेमा स्थलगत अध्ययन गर्ने,नेपालमा कृषिका विभिन्न सम्भाव्यताका बारेका खोजपूर्ण अध्ययन गर्ने एवं वातावरणी संरक्षणका क्षेत्रमा अनुभव साटासाट गर्ने उद्देश्यले शूरुभएको समर स्कुल दुई हप्तासम्म सञ्चालन हुनेभएको छ भने जसमा ५ विदेशी र ५ नेपाली विद्यार्थी एवं अनुसन्धानकर्मीहरुको उपस्थिति रहेको छ ।

उद्घाटन सत्रलाई सम्वोधान गर्दै त्रि.वि.का उप–कुलपति प्रा. डा. तीर्थराज खनियाले इटाली र नेपालका धेरैजसो जैविक एवं वातावरणीय समानताहरु रहेकोले समानतालाई आपसी सहयोगमा परिणत गर्दै पादोभा विश्वविद्यालय तथा इटालीका वैज्ञानिकहरूले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको विकास बाट नेपाललाई समेत महत्वपूर्ण सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।

रिकास्टका पूर्व कार्यकारी निर्देशक प्रा.डा. रामप्रसाद चौधरीले कार्यक्रमको उद्देश्य र उपलब्धिहरूका बारेमा चर्चा गर्दै यो कार्यक्रम उत्तर र दक्षिण (विकसित र अल्प विकसित राष्ट्र) तथा उत्तर र उत्तर (विकसित र विकसित राष्ट्र) सहयोगका लागि उपयोगी सिद्ध भएको हुने छ भन्ने आशा ब्यक्त गर्नुभएको थियो । हिमाली क्षेत्रको पास्थिीतिकीय प्रणालीको (Upstream- Down Stream) समन्वयको महत्व तथा पास्थिीतिकीय सेवा र सुविधाको निरन्तरताको लागि त्रि. वि. र पादोभा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बहुआयामिक अनुसन्धान कार्यमा जोड दिनुपर्ने कुरामा अवगत गराउनुभएको थियो
पादोभा विश्वविद्यालयका प्राध्यापक तथा कार्यक्रम संयोजक प्रा.डा. एन्टोनियो मासीले विगतमा त्रि. वि. र पादोभा विश्वविद्यालयका प्राज्ञहरूका बिच भएका भेट आदान–प्रदान तथा त्रि. वि. र नेपालका अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पादोभा विश्वविद्यालयको प्रयोगशाला प्रयोग गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक दुर्गाप्रसाद पाण्डेले कार्यक्रमका उद्देश्यहरू माथि प्रकाश पार्दै कार्यक्रमले दुई देश र विश्वविद्यालयको सम्वन्ध सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वसा व्यक्त गर्नुभएको थियो ।
समर क्लास एक हप्ता कीर्तिपुर स्थिति रिकास्टको कार्यालयमा संचालन हुने छ भने अर्को एक हप्ता मुलुकका विभिन्न भागमा सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook