यस केन्द्रले मिति २०७३ साल फाल्गुण २२ देखि २६ गतेसम्म (५ दिन) बुटवल बहुमुखी क्याम्पस, बुटवलमा चितवन, पोखरा हुँदै सुदुर पश्चिमसम्म त्रि.वि. का आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई समेटने गरी सहभागी पठाइदिनु हुन भनी पत्राचार गरेको थियो ।उक्त गोष्ठी विशेष कारणवस (फागुन २२ गतेबाट शुरु नभई) २०७३ साल चैत्र ५ गते देखि ९ गतेसम्म बुटवल बहुमुखी क्याम्पस , बुटवलमै हुने भएको व्यहोरा सम्बन्धित क्याम्पस तथा कलेजहरुलाई सूचित गरिन्छ । त्यसै गरी मिति २०७३ साल फाल्गुण २९ देखि चैत्र ३ गतेसम्म (५ दिन) सुकुना बहुमुखी क्याम्पस, सुकुना, मोरङमा काठमाडौ उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, बनेपा, रामेछाप,सिन्धुली हुँदै सुदुर पूर्वसम्म त्रि.वि. का आंगिक तथा सम्बन्धन प्राप्त मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरुलाई समेटेर स्नातक तहको अनिवार्य तथा ऐच्छिक अङ्ग्रेजी विषयको पाठ्यक्रम तथा मूल्याङ्कन सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गर्न लागेको व्यहोरा जानकारी गराइन्छ । उक्त गोष्ठीमा सम्बन्धित क्षेत्रमा पर्ने क्याम्पसहरुमा अङ्ग्रेजी विषय अध्यापन गर्नु हुने कम्तीमा २ जना प्राध्यापकहरुलाई क्याम्पसबाटै दैनिक तथा भ्रमण भत्ता उपलब्ध गराई भाग लिन पठाइ दिनु हुन पत्राचार समेत भइ सकेको छ । केही कारणवस पत्र प्राप्त हुन नसकेको खण्डमा यसै सूचनालाई आधार मानी गोष्ठीमा सहभागी हुन यो सूचना प्रकाशित गरिएको छ ।