Sign Into Mailbox

त्रि.वि.का क्याम्पसहरुलाई अन्तराष्ट्रियस्तरको बनाउन कार्यशाला गोष्ठी ।

त्रिभुवन विश्वविद्यालय अनुसन्धान केन्द्रको संयोजकत्व र अमेरिकी राजदुतावास,इजुकेशन युएसए एवं इन्टिटुट अफ इन्टरनेशनल एजुकेशनको संयुक्त आयोजनामा क्याम्पसको अन्तराष्ट्रियकरण र विद्यार्थी शैक्षिक गुणस्तर अभिबृद्धि सम्वन्धमा “Campus Internationalization : Structure and Support Student Mobility” शीर्षकको पाचँ दिने कार्यशाला गोष्ठी सञ्चालन भएको छ ।

जुलाई २३ देखि २५ सम्म त्रिुभवन विश्वविद्यालय एवं जुलाई २७ देखि २८ सम्म सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा सञ्चालन गरिएको कार्यशाला गोष्ठीले नेपालको उच्चशिक्षालाई कसरी अन्तराष्ट्रियकरण गर्न सकिन्छ र यसविषयमा अमेरिकी विश्वविद्यालय एवं क्याम्पसहरुको अनुभव के कस्तो रहेको छ भन्ने विषयमा व्यापक विश्लेषणात्मक छलफल गरिएको थियो ।

वर्कसप त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा कसरी अन्तराष्ट्रिय स्तरका अध्ययन÷अध्यापन सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनका साथै अमेरिकी विश्वविद्यालयका अध्ययन÷अध्यापन प्रणाली, पाठ्यक्रम एवं शैक्षिक र अनुसन्धानात्मक वातावरणको वारेमा सहभागीहरुलाई जानकारी गराईएको कार्यक्रमका संयोजक एवं त्रि.वि अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा.तारादत्त भट्टले बताउनुभयो ।
कार्यक्रममा शिक्षाको अन्तराष्ट्रियकरणमा लामो समयमा कार्यरत ग्लोवल पिट्सवर्ग नामक संस्थाका प्रा.डा.मन्टे वोनाले क्याम्पसहरुको गुणस्तर अभिवृद्धि एवं शिक्षालाई अन्तारष्ट्रियकरण गर्ने सन्र्दभमा आफनो कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । उच्चशिक्षा वढि प्रतिस्पर्धी बन्दै गइरहेको भन्दै उहाँले अमेरिकी उच्चशिक्षाले अनुसन्धानलाई विशेष प्राथमिकता दिदै आइरहेको बताउनुभयो । नेपाली उच्चशिक्षामा अझै टिचिङ मेथड प्रयोग भइरहेको भन्दै उहाँले अनुसन्धानलाई वढि प्राथमिकता दिन समेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा त्रिविका आंगिक एवं सम्वन्धन प्राप्त क्याम्पसका प्रतिनिधी,अनुसन्धानकर्मी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा Dr. Monte Bohna ले “Identifying opportunities for International Collaboration and Partnership and best Practices in International Education”,”U.S Model and Efficient Advising for Students on Study Abroad Options-Tasks and Roles of Central and Acedamic Unites.Best Practices and Model in the U.S”,”Study Abroad and Funding:How to Attract Private Sponsors to Supports Student’Global Engagment” शीर्षकको महतवपूर्ण कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी त्रि.वि.योजना महाशाखाका प्रमुख प्रा.डा.ऋद्धिश कुमार पोखरेलले “Scholarship & Admission Criteria for Foreign Students in the U.S” शीर्षकको कार्यपत्र मार्फत अमेरिकामा उच्चशिक्षा लिन चाहने विद्यार्थी एवं अनुसन्धानकर्मीहरुका लाई के–कसरी छात्रवृत्ति प्राप्त गर्न सकिन्छ भन्ने जानकारी गराउनुभएको थियो । त्रि.वि.महेन्द्ररत्न क्याम्पसका सह–प्राप्यापक गंगाराम गौतमले “Communicating with the Embassies and Exlporing Their Resources” र “Acedamic Norms,Assesment and Pedagogical Practices in U.S Education” शीर्षकको कार्यपत्र मार्फत अमेरिकी उच्चशिक्षाको भित्रि रहस्य एवं अनुभवका वारेमा जानकारी गराउनुभएको थियो ।

उद्घाटन कार्यक्रममा अमेरिकी राजदुतावासका प्रतिनिधी Tristram Perry ले “Educational Opportunities under the U.S Embassy in Nepal ” शीर्षकको कार्यपत्र मार्फत अमेरिकी उच्चशिक्षामा अन्तराष्ट्रिय सम्वन्ध एवं सहयोगको प्रभावका वारेमा संक्षिप्त धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा त्रि.वि.का क्याम्पसहरुलाई अन्तराष्ट्रियकरण गर्न विभिन्न प्राविधि उपकरणहरुको प्रयोगलाई जोड दिइएको, पाठ्यक्रमलाई समयसामयिक एवं अन्तराष्ट्रिय गुणस्तरयुक्त बनाउन भइरहेका प्रयासहरुका वारेमा त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले जानकारी गराउनुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook