Sign Into Mailbox

त्रिवि सूचना केन्द्रको उद्घाटन ।

IMG_6676

त्रिभुवन विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिय व्यवस्थालाई प्रविधिमैत्री बनाउन निर्माण गरिएको सूचना केन्द्रको औपचारिक उद्घाटन गरिएको छ ।

नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टको रु ५१ लाख ६० हजार ७ सय ५२ रुपैया ५३ पैसा आर्थिक सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनिया र ग्लोवल एड नेटवर्क कोरियाका निर्देशक ह्यु योङ चोइ ले संयुक्त रुपमा गर्नुभयो ।
नवनिर्मित सूचना तथा प्रविधि केन्द्रले त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका सम्पुर्ण निकायहरुलाई नेटवर्कमा जोडने, इन्टरनेट सुविध उपलब्ध गराउने र आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिविको शैक्षिक एवं प्रशासनिक गतिविधिलाई प्रविधिमैत्री बनाउदै परीक्षा एवं प्रशासनिक ढिलासुस्तीलाई व्यवस्थापन गर्न सूचना तथा प्रविधि केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रविधियुक्त शैक्षिक प्रशासन कायम गरी प्रतिस्पर्धी विद्यार्थी उत्पादनका लागी त्रिवि प्रयत्नशिल रहेको बताउनुभयो । कार्यक्रममा ग्लोवल एड नेटवर्क कोरियाका निर्देशक ह्यु योङ चोइ ले रजिष्ट्रार उप्रेतीलाई भवनका साचो हस्तान्तरण गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook