Sign Into Mailbox

त्रिवि सभा सम्पन्न ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
मिति २०७४ साउन २९ गते आयोजित सभाले आर्थिक बर्ष २०७४÷०७५ को लागी रु १९ अबरव ३१ करोड ७ लाख ५८ हजार को बजेट पारित गरेको छ ।

प्रधानमन्त्री एवं त्रिविका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्वन्धि नियम, २०५० मा थप व्यवस्था र संशोधन गर्नुको साथै त्रिवि आर्थिक व्यवस्थापन तथा खरिद सम्वन्धी नियम, २०५० मा समेत संशोधन गरेको छ । सभावले त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच देखिएको समस्या सम्बन्धमा नेपाल सरकारबाट योजना अयोगका सदस्य प्रा.डा.गीताभक्त जोशीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन २०७३। १। ७ को बैठकको निर्णयलाई समेत सभाले पारित गरेको छ ।

यसैगरी नेपाल सरकारको आर्थिक बर्ष २०७३÷७४ को निति तथा बजेट बक्तव्यको प्रकण २२४ मा उल्लेख तए बमोजिम बर्दिबास र बुटवलमा त्रि.वि. अन्तर्गत आङ्गिक मेडिकल कलेजहरु स्थापनाका लागि आवश्यक जग्गा, दरबन्दी र बजेट उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने कार्यकारीको निर्णयसमेतलाई स्वीकृति प्रदान गरेको छ ।

सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपममा राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा परिचित रहेको त्रिविलाई शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र विश्वविद्यालयको संस्थागत विकास गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले विश्वविद्यालयलार्य सरकारको तर्फबाट उपलब्ध गराउनु पर्ने सहयोगका लागी सरकार सदैव प्रतिवद्ध रहेको समेत जानकारी गराउनुभयो ।

शिक्षामन्त्री एवं सहकुलपति गोपालमान श्रेष्ठले उच्च शिक्षालाई विश्व परिवेश अनुकुल गराउन गुणस्तरीय विद्यार्थी उत्पादन गर्नुनै विश्वविद्यालयको प्राथिमकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले त्रिविले गरेको सुधारका प्रयत्नहरुलाई सकरात्मक रुपमा लिदै आगामी दिनमा थप सुधारका कार्यक्रमहरु अघि वढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले नेपालको सर्वाङगीण विकासका लागि आवश्यक जनशक्ति तयार गर्न, विविध पक्षमा अनुसन्धान गर्ने, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गन साथै कला, विज्ञान,प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र अनसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने उद्देश्यका लागी त्रिविको स्थापना भएकोले आफ्नो उद्देश्य प्राप्तिको लागी विश्वविद्यालय लगातार लागिपरेको बताउनुभयो ।

सभामा त्रिविको शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने रजिष्ट्रार डिल्लीराम उप्रेतीले आर्थिक बर्षिक वर्ष २०७४÷०७५ को बजेट पेश गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook