Sign Into Mailbox

त्रिवि सभाद्धारा ग्रेस लिस्ट पारित ८३ हजार ४ सय २५ विद्यार्थी आगामी दीक्षान्तमा सहभागी हुने ।

त्रिभुवन विश्वविद्यालय सभाको विश्वविद्यालय वार्षिक दिवस बैठक ५४ औं ग्रेस लिष्ट पारित गरि सम्पन्न भएको छ ।ग्रेस लिष्टमा पर्न सफल ८३ हजार ४ सय २५ विद्यार्थी आगामी पौष महिनामा हुने दीक्षान्त समारोहमा हुन भागी हुन योग्य भएका छन् ।

यस ग्रेस लिष्ट अन्तर्गत मिति २०७२ जेठ १८ देखि २०७३ असार १ गते सम्ममा अध्ययन सस्थानतर्फ विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ३ हजार ८ सय ७७, इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार २ सय ८, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ४ सय ४६, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा २ सय ५८, वन विज्ञान अध्ययन संस्थान मा २ सय १७ छन भने संकाय अन्तर्गत शिक्षाशास्त्र संकायमा ३१ हजार ४सय ८, व्यवस्थापन संकायमा २७ हजार २ सय ३७, मानविकी तथा सामाजिशास्त्र संकायमा १५ हजार ९ सय २७ र कानुन संकायमा ८ सय ४७ विद्यार्थी उर्तिण हुन सफल भएका छन् ।

विश्वविद्यालय वार्षिक दिवसको वैठकलाई सम्वोधन गर्दै त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षाप्रेमी मुलुक भएको र मुलुक विकासको आधारस्तम्भ नै शिक्षा भएकोले सरकार शैक्षिक उत्थानका लागी प्रयत्नशिल रहेको बताउनुभयो । उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको महत्वपूर्ण भूमिकाको पं्रशसा गर्दै उहाँले प्राविधिक शिक्षामा विशेष प्राथमिकता दिनपनि विश्वविद्यालयलाई सुझाव दिनुभएको छ । मुलुकको समग्र विकासमा विश्वविद्यालयहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले प्रभावकारी शिक्षा विना मुलुकले विकासमा फड्को मार्न नसक्ने र परनिर्भरता पनि नघटने हुदा यसतर्फ सवैले बिचार पु¥याउनुपर्ने बताउनुभयो ।

सभालाई सम्वोधन गर्दै त्रि.वि.का उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिविले ५६ बर्षसम्म सम्पूर्ण नेपाली विद्यार्थी र विदेशी विद्यार्थीहरुलाई समेत ज्ञान–विज्ञान तथा प्राविधिक क्षेत्रमा उच्च् शिक्षा प्रदान गर्दै आएको भन्दै देशमा हाल बहुविश्वविद्यालयको स्थापना र सञ्चालन भएपनि देशभरीका विद्यार्थीको गन्तव्य त्रिविनै बनेको बताउनुभयो ।

हाल त्रिविले सेमेस्टर प्रणाली लागु गरेको भन्दै उहाँले त्यसलाई व्यवस्थित र विस्तार गर्ने योजना रहेको समेत सभालाई जानकारी गराउनुभएको थियो । त्रिवि परिसरलाई वाइफाई जोन घोषणा गरिसकिएको र ई–लर्निङको लागी प्राविधिक कक्षाकोठाा र स्मार्ट वोर्ड लगायतको शूरुवात गरिएको बताउनुभयो ।
सभामा विभिन्न विधामा शोधअध्ययन गरे वापत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook