Sign Into Mailbox

त्रिवि सभाको वार्षिक दिवस वैठक सम्पन्न ।

त्रिभुवन विश्वविद्यालयको ५८ औं बार्षिक दिवस समारोह सम्पन्न हुनुका साथै ५५ औ ग्रेस लिस्ट पारित भएको छ ।

58th Annual Sentae of TU 
सम्मान्निय प्रधानमन्त्री एवं त्रिविका कुलपति शेर बहादुर देउवाको अध्यक्षतामा त्रिवि सभावको वार्षिक दिवस सम्पन्न भएलगत्तै ६८ हजार २ सय ९२ विद्यार्थीको ग्रेस लिस्ट पारित भएको छ । जसमा शिक्षाशास्त्र संकाय अन्तर्गत २६ हजार ३ सय ९०, व्यवस्थापन संकायमा १८ हजार १ सय ५३, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत १३ हजार २३६, कानुन संकाय अन्तर्गत ११ सय ८, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४३ सय ५४, इन्जिनियरिङ अध्ययन संस्थानबाट १९ सय ८७, कृषि र पशु विज्ञान अध्ययन सस्थानका ४ सय ३१ एवं बन विज्ञान अध्यन संस्थानवाट २ सय ४० विद्यार्थी ग्रेस लिस्टमा समावेश भएको छ ।

त्रिवि सभालाई सम्वोधन गर्दै सम्माननिय प्रधानमन्त्री एवं कुलपति शेर बहादुर देउवाले देशको सबै भन्दा जेठो त्रिभुवन विश्वविद्यालयले विश्वका प्रतिष्ठित विश्ववविद्यालयहरुका जनशिक्तसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपूर्ति गर्ने कार्यमा सफलता हासिल गर्ने अपेक्षा गरेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षामन्त्री एवं त्रिविका सह–कुलपति गोपाल मान श्रेष्ठले समय र परिस्थिति अनुकुल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकुल गराउन तथा गुणात्मक रुपले उत्पादित प्रतिस्पर्धी विद्यार्थीहरुले विश्व बजारमा स्थापन प्राप्त गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियालले त्रिवि वार्षिक दिवस बैठकलाई सम्वोधन गर्दै त्रिविले राष्ट्रिय आवश्यकता अनुसार उच्च शिक्षाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको व्यहोरा अवगत गराउनुभयो । हाल विश्वविद्यालयले सेमेष्टर प्रणाली लागु गरेको भन्दै यसलाई व्यवस्थित र विस्तार गर्ने योजना अन्तर्गत उपत्यकाभित्र विस्तार गरिएको जानकारी गराउनुभयो । त्रिविको भावी योजना अन्तर्गत गुरुयोजना निर्माण, सम्पत्तिको खोज, संरक्षण र सम्वंद्धन साथै त्रिविमा लामो समयदेखि कार्यरत शिक्षक÷कर्मचारीको विज्ञापन, विदेशमा गई अध्ययन गर्दा उपयोग हुने अध्ययन काजको समुचित व्यवस्थाप र अनुगमनलाई प्रभावकारी बनाइएको बताउनुभयो । कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीलले सभामा उपस्थिति सम्पूर्ण प्राध्यापक,विद्धान सभासद, कर्मचारी लगायतलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले ५५ औं ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook