Sign Into Mailbox

त्रिवि र अन्तराष्ट्रिय दातृ निकायहरुसँग छलफल ।

TU Planning Chief  Prof.Dr. Ridish Kumar Pokhrel  Delivering Speech in the Program

काठमाडौं, माघ २९
त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शैक्षिक कार्यक्रम संचालन गरी विश्वका प्रतिस्पर्धी विश्वविद्यालय बन्ने उद्देश्यका साथै अन्तराष्ट्रिय दातृ निकायका प्रतिनिधी एवं विभिन्न देशका कुटनीतिक प्रतिनिधीहरुसँग साक्षात्कार गरेको छ ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको अध्यक्षमा होटल सोल्टी क्राउन प्लाजामा आयोजित साक्षात्कार कार्यक्रममा भारत,अमेरिका,वेलायत,पाकिस्तान,चीन,जापान लगायत देशका कुटनीतिक प्रतिनिधीहरुसाथै युुनडिपी,एडिबी,विश्वबैंक लगायतका अन्तराष्टि दातृ निकायका प्रतिनिधिहरुको उत्साहपूर्ण सहभागीता रहेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक उन्नयन एवं भौतिक पूर्वाधार विकासमा केन्द्रीय भएर छलफल गरिएको थियो ।

त्रिविको भौतिक एवं शैक्षिक गुणस्तरका लागी छिमेकी मुलुक भारत लगायतका अन्त मुलुकका प्रतिनिधीहरु सकरात्मक रहेको पाइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिवि दक्षिण एसियाकै ठूलो एवं इज्जतीलो प्राज्ञिक संस्था रहेको भन्दै आर्थिक एवं प्रशासनिक प्रतिकुलताको बावजुत पनि गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न रणनीतिक योजना निर्माण गर्दै अघि वढिरहेको बताउनुभयो ।

विश्वव्यापीकरणले उच्चशिक्षामा थपेको चुनौतीको फलस्वरुप अब उच्चशिक्षा व्यवसायिक एवं उत्पादनमुखी हुनुपर्ने भन्दै उहाँले विभिन्न प्राविधिक एवं बजारमा आवश्यक देखिका शैक्षिक कार्यक्रमका लागी त्रिवि लागिपरेको बताउनुभएको छ । गत बैशाख १२ गतेको भुकम्प र त्यसपछिका लगातारका कम्पननले त्रिवि वेघर बनेको भन्र्दै अनेकौ चुनौतीका बावजुतपनि त्रिविले गुणस्तरीय शैक्षिक विकासमा पछि नहटने अठोट समेत अन्तराष्ट्रिय निकायका प्रतिनिधिहरुसँग व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा त्रिवि योजना परिषदका प्रमुख प्रा.डा.ऋद्धिश कुमार पोखरेलले ‘त्रिभुवन विश्वविद्यालयको वर्तअवस्था र भविष्यमा अपनाइने रणनीतिक योजना’ शीर्षको संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रको सन्र्दभमा आप्mनो संक्षिप्त प्रतिक्रिया जनाउहुदै नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले विश्वविद्यालयले अघि सारेका रणनीतिक योजना अत्यन्तै सान्दर्भिक रहेको भन्दै त्रिविले प्राज्ञिक उन्नयन र प्रशासनिक क्षेत्रमा निकै मिहनेत भएर अघि वढनुपर्ने बताउनुभयो । साथै सरकारसँग विश्वविद्यालयको पारस्परिक सहकार्य हुनुपर्ने बतउनुभयो । उच्चशिक्षाको विकास सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै त्रिविको विकासका लागी आफु सकरात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागी भारतीय राजदुत रणजीय रायले विश्वविद्यालयको भौतिक एवं शैक्षिक विकासको लागी भारत सरकार सकरात्मक रहेको बताउनुभयो । ‘भारत सरकारले भुकम्प पछिको भौतिक विकासको लागी १ खर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै उहाँले त्यसको केहि प्रतिशत त्रिविको विकासको लागी योगदान गर्न भारतसरकार सकरात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा त्रिविका पूर्वउपकुलपती केदारभक्त माथेमा,त्रिवि शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठी एवं रजिष्ट्रार डिल्लीराम उप्रेतीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने विभिन्न संकायका डिन लगायत प्राज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook