Sign Into Mailbox

त्रिवि परिसरमा फ्रि वाइफाइ संचालन

काठमाडौं । असार २५
त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर स्थिति आफ्नो परिसरलाई वाइफाइ जोनमा परिणत गरेको छ ।

त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले ५७ औं बार्षिक दिवसको अवसरमा शनिवार फ्रि वाइफाईको उदघाटन गर्नुभएको हो । उहाँले केन्द्रीय विभागमा डिजिटल क्लास एवं स्मार्ट वोर्डबाट अध्यापन गराउने प्रणालीको समेत शुरुवात गर्नुभएको छ । त्रि.वि.शिक्षाशास्त्र केन्द्रीय विभागको एक कक्षाकोठामा जडान गरिएको स्मार्ट वोडमा डिजिटल कलमले ‘जसरी हिमाल बिनाको नेपालको कल्पना गर्न सकिदैन त्यसै त्रिभुवन विश्वविद्यालय विनाको नेपालको कल्पना गर्न सकिदैन’ लेख्दै माथेमाले त्रिविले आफ्ना कक्षाकोठामा आधुनिक विद्युतिय शैक्षिक उपकरणहरुको प्रयोग गर्दै आफूलाई समयानुकुल गर्न सकेकोमा आफु हर्षित भएको बताउनुभएको थियो ।

साथै त्रिविले औपचारिक रुपमा खुल्ला तथा दुर शिक्षा केन्द्रको उद्घाटन समेत गरेको छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले अब त्रिविले शिक्षण सिकाईमा आधुनिक परिवर्तन गर्दै डिजिटल मोडमा प्रवेश गरेको बताउनुभयो । उहाँले त्रिविका सवै केन्द्रीय विभागहरुलाई सुविधासम्पन्न आधुनिक कक्षाकोठाहरुको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षामा पहिलो प्रथामिकता दिदै उत्कृष्टताको केन्द्रको रुपमा परिणत गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा खुृल्ला तथा दुर शिक्षा केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.लेखनाथ शर्माले वाईफाई जोड,डिजिटल क्लाए एवं स्मार्ट वोर्ड लगायतका उपकरणहरुको प्रयोग र यसको प्रभावकारीताका वारेमा उपस्थिति सम्पूर्ण त्रिवि पदाधिकारी,डिन,कार्यकारी निर्देशक,प्राध्यापक एवं विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook